२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धनुषासहित तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि

२५ चैत्र २०७४, आईतवार ०८:४०

अजयकुमार साह/चैत २५, धनुषा |धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । 

क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालयले पनि यसवर्ष मौसम अनुकूल भएकाले आँप उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कूल तीन हजार २३८ हेक्टरमा जग्गामा आँपको खेती गरिएकामा एक दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरका हिसाबले कूल चार हजार ३७१ मेट्रिकटन आँप उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा तीन हजार ३६६ हेक्टर जग्गामा आँपको खेती गरिएको कार्यालयले जनाएको छ । 

उक्त कार्यालय यसवर्ष १३ मेट्रिकटन प्रति हेक्टरको हिसाबले जिल्लामा ३० हजार ६५८ मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरेको छ । धनुषामा आर्थिक वर्ष २०७१÷७२ मा दुई हजार २५५ हेक्टर जग्गामा आँपको खेती भएकामा प्रतिहेक्टर १२ मेट्रिकटनको हिसाबले दुई हजार ७६० मेट्रिकटन, आव २०७२÷७३ मा दुई हजार २७१ हेक्टरमा सात दशमलव ६९ मेट्रिकटनको हिसाबले कूल १७ हजार चारसय ८६ मेट्रिकटन आँप उत्पादन भएको थियो । 

धनुषामा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखासजस्ता जातका आँप उत्पादन हुने गरेको छ । कृषि कार्यालयका अनुसार धनुषामा ९० प्रतिशत खेती यी आँपको हुनेगरेको छ । 

अघिल्लो वर्ष आँप उत्पादनका लागि मौसम अनुकूल नभएको र आँपमा लाग्ने मधुवा किटाणुका कारणसमेत उत्पादनमा कमी आएको थियो । यसवर्ष मधुवा लगायत अन्य कीटाणुलाई नियन्त्रण गर्नसके आँपको उत्पादन आशा गरे अनुरुप हुने कार्यालयका निमित्त प्रमुख बद्री साहले बताउनुभयो । 

नेपाल एग्रो सेन्टरका सञ्चालक हरिशंकर साहले अहिले सबैभन्दा बढी आँपमा लाग्ने कीरा मार्ने औषधि नै खपत भइरहेको बताउनुभयो । 

निमित्त प्रमुख साहले मधुवा कीटाणु लगायतका आँपमा लाग्ने कीरा नियन्त्रणका लागि रोगर रोग्रिन एक दशमलव पाँच एमएल एक लिटर पानीमा मिसाएर छर्के किरा मार्न सकिन्छ भने प्लानोफिक्स ० दशमलव ५ एमएल पानीमा मिसाएर छर्केपछि आँपमा लाग्ने ढुसीलाई हटाउन सकिन्छ । 

यसवर्ष आँप उत्पान वृद्धि हुने देखेर रू १२ लाखमा विभिन्न ठाउँको आँपको फूलबारी ठेक्का लिएको फलफूल व्यापारी जीवन साहले बताउनुभयो । महेन्द्रनगरमा जीवन फलफूल बिक्री केन्द्र सञ्चालन गर्दै आउनुभएका उहाँले मिथिला नगरपालिकास्थित कृषि विकास आयोजनाको आँपको फूलबारी र क्षीरेश्वरनाथ धर्म संस्थाको आपँको बगंैचा ठेक्का लिनुभएको छ । 

किसान पनि आँपको राम्रो उत्पादन हुने भएपछि राम्रै आम्दानी हुनेमा ढुक्क छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य