Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत २५ गते, अपराह्न ४:५६ बजे कृषि गतिबिधी, सिन्धुली - SDL

सिन्धुलीमा खोरेत रोगको संक्रमण, १३ चौपाया मरे

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २४ सिन्धुली | सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ मा रहेका चौपायामा खोरेत रोगको संक्रमण देखिएको छ । अहिलेसम्म खोरेतका कारण १२ बाख्रा र एक गाईको बाछा मरेका छन् ।

गाउँपालिका–६ बाशेश्वर र ७ नं वडा खुर्कोटमा खोरेतको संक्रमण देखापरेको गोलञ्जोर पशु सेवा शाखाका पशु प्राविधिक सहायक मीनबहादुर थापाले जानकारी दिनुभयो । हालसम्म साना चौपाया मरेको उहाँको भनाइ थियो ।

चौपाया खोरेतका कारण बिरामी पर्न थालेपछि अहिले खोरेत विरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन गरिएको पनि थापाले जानकारी दिनुभयो । पशु बिरामी पर्न र मर्न थालेकाले खोरेत विरुद्धको खोप किसानलाई निःशुल्क दिने नियम भए पनि सरकारी प्रक्रिया ढिलो र झन्झटिलो भएकाले गाउँपालिकाले खोरेत विरुद्धको खोप पशुपालक सशुल्क किसानलाई उपलब्ध गराएको प्राविधिक सहायक थापाले बताउनुभयो ।

गाउँमा पशु बिरामी भई मर्न थालेकाले ल्याब परीक्षणपछि मात्र सरकारले निःशुल्क खोप उपलब्ध गराउने भएको र तत्कालै पशुमा खोप दिनुपर्ने भएकाले गाउँपालिकाले खोरेत विरुद्धको खोप किनेको गाउँपालिकाको कार्यालयले जनाएको छ । सिन्धुली र जनकपुरमा खोरेत विरुद्धको खोप नपाइएकाले काठमाडौँबाट ल्याइएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताउनुभयो । अहिले ६ र ७ वडामा खोरेतको संक्रमण देखा परेकाले अन्य वडामा रहेका चौपायालाई पनि खोरेत विरुद्धको खोप लगाउने समेत उहाँले बताउनुभयो । अन्य वडामा चाहिने आवश्यक खोप गाउँपालिकाले पशुपालक किसानलाई सहजताका साथ उपलब्ध गराउने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

अहिलेसम्म ६ र ७ नं वडामा १६ सयभन्दा बढी चौपायालाई खोरेत विरुद्धको खोप लगाई सकिएको गोलन्जोर गाउँपालिकाका पशु सेवा शाखाका मीनबहादुर थापाले बताउनुभयो । चार जना प्राविधिकको सहयोगमा खोरेतको संक्रमण फैलन नदिन खोप लगाइरहेको र साना चैपायामा बढी संक्रमण रहेकाले उनीहरुको उपचार भइरहेको र अन्य पशुमा खोरेतको संक्रमण हुन नदिन प्राविधिक खटाई खोप लगाइएको उहाँले बताउनुभयो ।

चौपायामा मुख तथा गिजामा घाउ हुने, ज्वरो आउने, ¥याल निकाल्ने, काम्ने, मुख तथा खुट्टामा घाउ हुने जस्ता लक्षण देखिएमा खोरेत भएको थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा चौपायाको तत्कालै उपचार नभए घाउ फैलन गई घाउमा कीरा पर्ने, पशु मर्ने र हावाका माध्यमबाट नजिकका पशुमा तत्कादै संक्रमण हुने संभाबना रहन्छ ।

यसैगरी धनुषामा पशुमा चरचरे र खोरेत रोगको प्रकोपले चार दर्जन पशुको मृत्यु भएको समाचार छ । पशुमा यो रोगको प्रकोप नगराइन नगरपालिका र धनौजी नगरपालिका बढी देखिएको छ । नगराइन नगरपालिका–८ अकौरा टोलमा पशुमा यस रोगका कारण अहिलेसम्म ४० भन्दा बढी पशु मरिसकेको छ । रासस