२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुराका युवाहरुलाई च्याउबाट मनग्य आम्दानी

१५ बैशाख २०७५, शनिबार १४:०९

धनबहादुर भण्डारी | वैशाख १५, डडेल्धुरा (रासस) | अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । 

च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज जोशीले बताउनुभयो । 

दैनिक करीब १०० किलोग्राम च्याउ बिक्री गर्दा १५ हजारभन्दा बढी आम्दानी हुने गरेको उद्यमी जोशीले जानकारी दिनुभयो । त्यसैगरी गन्यापधुरा गाउँपालिका–२ वडालमा च्याउखेती गरिरहेका हिरा भण्डारीले पनि दैनिक रु १० देखि १२ हजारसम्मको च्याउ बिक्री गरिरहेको बताउनुभयो । 

गन्यापधुरा गाउँपालिकाको भाँतकाडामा जमिन भाडामा लिई खेमराज जोशीले स्थानीय युवासँगको साझेदारीमा दुई वटा ठूला टनेल निर्माण गरी च्याउ खेती शुरु गरेका छन् भने गन्यापधुरा गाउँपालिका–२ वडालमा जमिन भाँडामा लिई हिरा भण्डारीले स्थानीयवासी युवासँगको साझेदारीमा च्याउ खेती शुरु गरेका छन् । 

विदेश जानका लागि राहदानी बनाइ ठिक्क परेका यी चारैजना युवा आजभोलि च्याउ खेतीबाट विदेशको भन्दा पनि बढी आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीको विस्तार गर्ने योजनामा रहेको उनीहरु बताउँछन् । 

मेहनत गरिसकेपछि राम्रै आम्दानी भइरहेको बताउँदै अझै च्याउलाई विस्तार गरी अन्य परिकार निर्माण गर्नाका साथै अन्य जिल्लामा समेत पठाउने योजना बनाइरहेको भात्काडाका च्याउ उद्यमी जोशीले जानकारी दिनुभयो । 

दुवै स्थानगरी चार टनेलमा एक हजार ६०० बलमा लगाइएको च्याउबाट दैनिक एक क्विन्टिल ५० किलोभन्दा बढी च्याउ बिक्री गर्ने गरेका छन् । अहिले कन्ने च्याउको उत्पादन गरिरहेको र विस्तारै गोब्रो च्याउको पनि उत्पादन गर्ने योजना रहेको उनीहरु बताउँछन् । 

यहाँ उत्पादन हुने सम्पूर्ण च्याउ डडेल्धुरा सदरमुकामसहित अन्य बजारमा सहजै बिक्री भइरहेकाले बजारको पनि समस्या नभएको उनीहरुको भनाइ छ । 

यी युवाको मेहनत देखेर आर्थिक तथा प्राविधिक सहयोग गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । यी युवाजस्तै अन्य नेपाली युवाले कृषि पेशालाई अङ्गाल्ने हो भने वैदेशिक रोजगारीका लागि भौँतारिनु नपर्ने अध्यक्ष मल्लको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य