२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तीन कृषक समुहलाई कृषि औजार वितरण

१६ बैशाख २०७५, आईतवार १७:२३

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | जिल्लाका उत्कृष्ट तीन कृषक समुहलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । पुरानो प्रविधि अपनाएर तथा कृषि क्षेत्रमा क्रियाशिल कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले अनुदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका तीन वडाका कृषक समुहलाई कृषि औजार वितरण गरेको हो । 

परियोजनाले आईतबार थ्री बर्दश लजिङ फुडिङ एण्ड सेकुवा कर्नरमा बजार प्रवद्र्धन सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मूल उद्देश्य वाली वस्तुको उत्पादन तथा उत्पादकत्वमा बृद्धि रहेको निष्कर्ष निकालेर जिल्ला कृषि विकास कार्यालय दिक्तेलको प्राङगणमा गई कृषि औजार वितरण गरेको थियो ।

परियोजनाले नगरपालिका–२ दिक्तेल सोल्माको सुर्यमुखी मकै विउ उत्पादन कृषक समुह, मकै विउ विजन उत्पादन कृषक समुह लफ्याङ र सहकाली कृषक समुह नुनथलालाई समुह वापत कर्न कटर (मकै छोडाउने) १ सेट, एमटि ४३ विडर १ सेट र कर्न पिलर एण्ड सेलर १ सेट वितरण गरेको हो ।  


यसैगरी परियोजनाले उत्कृष्ट ९ जना कृषकलाई मिनि टिलर(जोत्ने मेशिन) समेत वितरण गरेको छ । सुर्यमुखी मकै विउ उत्पादन समुह सोल्माका शिव कुमार राई, किरातेश्वर कृषक समुह दिक्तेलका विष्णुमाया बस्नेत, मकै विउ विजन उत्पादक कृषि समुह लफ्याङका रेणुका राई, कालिका भगवती कृषक समुह सोल्माका सप्तमणि राई, सहकाली कृषक समुह नुनथलाका रिमाल कुमार शेर्पा, वर्ताङ प्रगतीशिल कृषक समुह खाल्लेका खगेन्द्र राई, नयाँ पहिचान कृषक समुह खाल्लेका प्रेम प्रसाद पौडेल, मकै विज बृद्धि कृषक समुह हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कोपिला राई, दुर्छिमकै हैकामा कृषक समुहका भोजराज राई÷एकराज राईलाई मिनि टिलर वितरण गरिएको हो । 

उत्कृष्ट कृषक समुह तथा उत्कृष्ट कृषकलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राई, उधोग वाणिज्यसंघ दिक्तेलका अध्यक्ष राजेन्द्र लयालु र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङका परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत प्रमोद कुमार रिजालले कृषि औजार वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य