2026-08-26 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तीन कृषक समुहलाई कृषि औजार वितरण

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | जिल्लाका उत्कृष्ट तीन कृषक समुहलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । पुरानो प्रविधि अपनाएर तथा कृषि क्षेत्रमा क्रियाशिल कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले अनुदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका तीन वडाका कृषक समुहलाई कृषि औजार वितरण गरेको हो । 

परियोजनाले आईतबार थ्री बर्दश लजिङ फुडिङ एण्ड सेकुवा कर्नरमा बजार प्रवद्र्धन सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मूल उद्देश्य वाली वस्तुको उत्पादन तथा उत्पादकत्वमा बृद्धि रहेको निष्कर्ष निकालेर जिल्ला कृषि विकास कार्यालय दिक्तेलको प्राङगणमा गई कृषि औजार वितरण गरेको थियो ।

परियोजनाले नगरपालिका–२ दिक्तेल सोल्माको सुर्यमुखी मकै विउ उत्पादन कृषक समुह, मकै विउ विजन उत्पादन कृषक समुह लफ्याङ र सहकाली कृषक समुह नुनथलालाई समुह वापत कर्न कटर (मकै छोडाउने) १ सेट, एमटि ४३ विडर १ सेट र कर्न पिलर एण्ड सेलर १ सेट वितरण गरेको हो ।  

यसैगरी परियोजनाले उत्कृष्ट ९ जना कृषकलाई मिनि टिलर(जोत्ने मेशिन) समेत वितरण गरेको छ । सुर्यमुखी मकै विउ उत्पादन समुह सोल्माका शिव कुमार राई, किरातेश्वर कृषक समुह दिक्तेलका विष्णुमाया बस्नेत, मकै विउ विजन उत्पादक कृषि समुह लफ्याङका रेणुका राई, कालिका भगवती कृषक समुह सोल्माका सप्तमणि राई, सहकाली कृषक समुह नुनथलाका रिमाल कुमार शेर्पा, वर्ताङ प्रगतीशिल कृषक समुह खाल्लेका खगेन्द्र राई, नयाँ पहिचान कृषक समुह खाल्लेका प्रेम प्रसाद पौडेल, मकै विज बृद्धि कृषक समुह हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कोपिला राई, दुर्छिमकै हैकामा कृषक समुहका भोजराज राई÷एकराज राईलाई मिनि टिलर वितरण गरिएको हो । 

उत्कृष्ट कृषक समुह तथा उत्कृष्ट कृषकलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राई, उधोग वाणिज्यसंघ दिक्तेलका अध्यक्ष राजेन्द्र लयालु र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङका परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत प्रमोद कुमार रिजालले कृषि औजार वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग