2026-09-08 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानको कपुरकोटमा ३० जना किसानलाइ बाख्रा वितरण

बैशाख २० सल्यान। विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट ३ मा रहेको जागृती मिश्रीत बाख्रापालन समूहका किसानलाइ उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो ।

३० जना किसानलाइ जमुनापारिको क्रस जात वितरण गरिएको गाउँपालिकाले जानकारि दिएको छ ।

जसका लागी गाउँपालिकाले तीन लाख रुपैयाँ खर्च गरेको छ । अनुदान दिइएको बाख्राबाट किसानको जीवनस्तर माथी उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बाख्रा पालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरि अरुका अघि उदाहरणिय बन्न किसानहरुलाइ आग्रह गरेका छन् ।

बाख्रा हस्तान्तरण गर्दै सेनले भने, ‘अनुदानमा पाएको बाख्राको स्याहार सुसार गरी यसबाट वर्षेनी राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’  

जागृती मिश्रीत बाख्रापालन समूहका अध्यक्ष तारासिंह खड्काले आफ्नो समूहका विपन्न किसानलाइ गाउँपालिकाले बाख्रा उपहार दिएकोमा खुसि व्यक्त गर्दै नमुना कृषक समूह बनाउने उद्देश्यमा आफुहरु लागेको बताए ।

तीन नम्बर वडा बाख्रा पालनका लागी उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उनले व्यवशायीक रुपमा बाख्रापालन व्यवशाय अघी बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता