प्रभात सुवदी । बैशाख २२, बर्दिया । 

आज शनिबार विहानै गुलरिया नगरपालिकासँगै जोडिएको भादा नदीको किनारमा महेन्द्रको खेतमा आठ/दश जनाको घुर्ईचो लागिसकेको थियो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवदी । बैशाख २२, बर्दिया । 

आज शनिबार विहानै गुलरिया नगरपालिकासँगै जोडिएको भादा नदीको किनारमा महेन्द्रको खेतमा आठ/दश जनाको घुर्ईचो लागिसकेको थियो । 

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नदी किनारमा सुन टिप्दै (भिडियो)

२०७५, २२ बैशाख शनिबार ०८:३८

प्रभात सुवदी । बैशाख २२, बर्दिया । 

आज शनिबार विहानै गुलरिया नगरपालिकासँगै जोडिएको भादा नदीको किनारमा महेन्द्रको खेतमा आठ/दश जनाको घुर्ईचो लागिसकेको थियो । 


यसरी खेतमा नै मानिसहरुको भीड अरु कुनै कारणबाट हैन कि उनले फलाएका विभिन्न जातका तरकारीहरु ताजा रुपमा किन्नका लागि भएको थियो । तरकारी किन्नका लागि मानिसहरुको हानथाप नै थियो । लाग्थ्यो उनको बारीमा सुन फलेका छन् उनी टिपेर बेचिरहेका छन् । 

गुलरिया वडा नं. ८ कोठियागाउँ निवासी महेन्द्र थारु आफ्नै जग्गामा तरकारी खेती शुरु गरेपछि उनको दैनिकीका साथै जीवनस्तर पनि बदलिएको छ । जम्मा १४ कठ्ठा जग्गा मध्ये नदीले कटान ९ कठ्ठा कटान गरेपछि बाँकी रहेको ९ कठ्ठामा वहाँ र वहाँका घरपरिवारले मिलेर तरकारी खेती गर्नुभएको हो । शनिबार गुलरियाको हाटबजारमा तरकारी बेच्नका लागि लैजान परिवारका सदस्यहरु मिलेर तरकारी टिप्दै हुनुहुन्थ्यो महेन्द्र । 

तरकारी खेतीबाट मनग्गे आम्दानी लिन सकिने भएपनि गुणस्तरीय बीऊ, मल तथा पर्याप्त सिंचाईको अभावका कारण अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको वहाँ वताउनुहुन्छ । 

कुनै संघ संस्थाले बीऊबीजन दिने भएपनि चारा जस्तै बीउ दिने हुँदा निकै थोरै हुने र त्यसले काम नचलेका कारण आफैले लगानी गरेर बीउबीजन किन्ने गरेको वहाँ वताउनुहुन्छ । 

अहिले वहाँको बारीमा बोडी करेला, भिण्डी, फर्सी, काँक्रा, लौका, टमाटर, भेण्टा, खुर्सानी लगायतका तरकारीहरु देख्न सकिन्छ । आफ्नो श्रम बाहेक करिव १० हजारको लगानी गरिसकेकोमा यस वर्ष गत वर्ष भन्दा अलि आम्दानी हुने बताउनुहुन्छ । गत वर्ष खासै आम्दानी नभएको तर अहिले भने टमाटर र आलुबाट मात्रै पचास हजार आम्दानी गरेको वहाँ बताउनुहुन्छ भने यसपाली भने अझै बढी आम्दानी हुनेमा वहाँ आशावादी हुनुहुन्छ ।  

दिनमा त कुर्न सकिने तर रातीमा कुर्न बस्न अलि नसकिने भएकोले तरकारीहरु चोरी गरेर लैजाने गरेको वहाँ बताउनुहन्छ । यसका साथै नजिकमा बोर नभएकाले सिँचाईको अभाव हुने गरेको र वर्षेनी आउने बाढीका कारण जमीन कटान गरिदिने भएकोले पनि महेन्द्र निकै चिन्तित देखिनुहुन्छ । 

नजिकै तटबन्धन निर्माण गरिएतापनि माटाको तटबन्धनले नदीको बहाव नरोकिने भएकोले नदी व्यवस्थपनका लागि स्थायी निकास खेजिनु पर्ने देखिन्छ । 

भिडियो हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते