२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा

२०७५, ३ जेष्ठ बिहीबार ०९:०२

जेठ ३ कञ्चनपुर | ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् । 

ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउनुहुन्छ । 

“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उहाँले भन्नुभयो । गोलभेँडा खेतमा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । आफ्नो खेतमा रु एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताउनुभयो । 

गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उहाँको भनाइ छ । 

गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी मारमा पर्नुभएको छ । गतवर्ष गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी गर्नुभएका चौधरी यसवर्ष मुश्किलले रु ३० हजार मात्रै कमाई भएको बताउनुहुन्छ । उहाँको रु दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको छ । 

यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहुँदा रु पाँच लाखभन्दा बढीको घाटा भएको छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताउनुहुन्छ । 

“तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,” उहाँले भन्नुभयो । भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ । 

हावाहुरीबाट साठी लाखको क्षति 

कञ्चनपुरमा चार दिनअघि आएको हावाहुरीबाट रु ६० लाख ४७ हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी मात्रामा क्षति भएको छ । 

हावाहुरीका कारण घरमा आगलागी, छाना उडाउँदा र घर भत्किँदा बढी क्षति भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाको १६८ घरमा रु ३३ लाख ४६ हजार बराबरको क्षति भएको छ । कृष्णपुर नगरपालिकामा ३७ वटा घर, एक विद्यालय र एक चर्चमा गरी रु २१ लाख २५ हजारको क्षति भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण