2026-09-08 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

देशभर हलेदो र अदुवाको नयाँ जात विस्तार हुँदै

शंकर के सी | जेठ २६, सल्यान | किसानलाइ बढि लाभ दिने उन्नत जातको अदुवा तथा हलेदोको विउ पत्ता लगाउने एकमात्र अदुवावालि अनुसन्धान कार्यक्रमले यस वर्ष पनि देशका विभिन्न ठाउँमा विउ पुर्याएको छ । विशेष गरि हलदोको विउ विक्रि गरेको अनुसन्धान कार्यक्रमले अदुवाको विउ पैँचो दिएको छ । सल्यानमा कार्यालय रहेको यस कार्यक्रमले कपुरकोट हलेदो १ र कपुरकोट अदुवा १ जात देशका विभिन्न जील्लामा किसान तथा किसान समूहहरुले लगेको जानकारि दिएको छ ।

प्रधानमन्त्री आधुनिकरण परियोजना धरानमा पाँच सय किलो, जाजरकोटको छेडा नगरपालिकामा एक सय किलो र प्युठानको स्वर्गद्धारि नगरपालिकामा दुई सय किलो हलेदो (बेसार) को विउ गएको अनुवा वालि अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत खेमराज शर्माले जानकारि दिए । उनका अनुसार कार्यालयको कपुरकोटमा रहेको आफ्नो जमिनमा एक हार किलो बेसारको विउ रोपिएको छ । प्राविधिक अधिकृत शर्माले भने, ‘कपुरकोट हलेदो–१ जातको हलेदोको उन्नत विउ प्रति किलो ८० रुपैयाँको दरले विक्रि भएर गएको छ भने अदुवाको जात हामीले पँचोको रुपमा किसान तथा किसान समूहहरुलाइ दिएका छौँ ।’

अदुवावालि अनुसन्धान कार्यक्रम आफैले विउ उत्पादन गर्नका लागी दुई हजार पाँच सय किलो अनुवाको विउ लगाएको छ । यस्तै मकवानपुरमा पाँच सय किलो, पाल्पामा पाँच सय किलो, डोटीमा चार सय किलो ‘कपुरकोट अदुवा–१’ जातको अदुवा पठाइएको शर्माले जनाएको छ । अनुसन्धान कार्यक्रमले पत्ता लगाएको हलेदोको नयाँ जात कपुरकोट हलेदो २ र अदुवाको नयाँ जात कपुरकोट हलेदो २ को विउ उत्पादनकै क्रममा रहेकाले आगामी वर्षबाट मात्रै किसानकहाँ पुग्ने उनले जानकारि दिएका छन् ।

पछिल्लो समय नयाँ र उन्नत जातको हलेदो तथा अदुवाको विउबाट बढि उत्पादन लिन सकिने भएकाले विस्तारै किसानहरुको नयाँ जात तर्फ आकर्षण बढ्दै गएको अदुवावालि अनुसन्धान कार्यक्रमका वैज्ञानीक डाक्टर जनार्दन गौतमले जानकारि दिएका छन् । उनले भने, ‘व्यवशायीक किसानले बढि भन्दा बढि फाइदा लिन नयाँ जातको विउ रोप्न जरुरी छ । किन भने उन्नत जातमा रोग किराको प्रकोपबाट बच्न सक्ने र बढि उत्पादन दिन सक्ने क्षमता हुन्छ ।’

यसैविच अदुवावालि अनुसन्धान कार्यक्रमले अदुवा र बेसारको अलावा मकैको विउ पनि उत्पादन गर्नेगरेको छ । हरेक वर्ष २० क्वीन्टल बढि मकैको मुल विउ उत्पादन हुने गरेको बैज्ञानीक गौतमले जानकारि दिए । यसपालि पनि मनकामना–३ जातको मकैको विउ २२ क्वीन्टल बढि उत्पादन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता