2026-08-29 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१० बर्षमा अर्घाखाँचीलाई तरकारीमा आत्म निर्भर बनाइने

असार ७,अर्घाखाँची | तरकारी जोन अर्घाखाँचीको अयोजनामा एक दिने आन्तरिक अवलोकन भ्रमण कार्यक्रम बुधबार सम्पन्न भएको छ । 

१० बर्षमा अर्घाखाँचीलाई तरकारीमा आत्म निर्भर बनाउंदै राष्ट्रको सम्रग विकासमा टेवा पुर्याउने लक्ष्यका साथ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको योजना कार्यान्वयन इकाई अन्तरगत स्थापित तरकारी जोन अर्घाखाँचीले संचालन गरेका उन्नत प्रबिधि प्रदर्शन स्थलहरुमा भ्रमण गरिएको हो । 

तरकारी जोन अर्घाखाँचीमा आवद्ध बिभिन्न कृषि समुहका प्रतिनिधि,संस्थाका पदाधिकारी र सन्चारकर्मीको सहभागिता रहेको भ्रमण टोलीले संस्थाले तोकेको उन्नत प्रबिधि प्रदर्शन स्थल मालारानी–५ बांगी, सन्धिखर्क–२ खोंचेखोला, सन्धिखर्कको मथुरामा अवलोकन गरेको आयोजकले जानाएको छ ।

यसका साथै जिल्लाका सफल र अगुवा कृषक घोंचेखोलाका गणेश बन्जाडे, किमडांडाका पुस्कर बन्जाडे र बिहारका देव बहादुर खड्काको तरकारी बारीमै पुगेर अवलोकन गरि ब्यावसायिक तरकारी खेती गर्ने शैली,खेती गर्दा अपनाउनुपर्ने बिभिन्न सतर्कताहरु लगायतका बिषयमा सहभागिहरुलाई स्वयम कृषकहरुबाटै प्रशिक्षण गराइएको छ । 

सो अवसरमा बोल्दै अगुवा कृषक गणेश बन्जाडेले आफुले २०४१ सालमा सरकारी जागिर छाडेर ब्यावसायिक तरकारी खेतीमा लागेको,हाल ३२ रोपनी जग्गामा तरकारी खेती गर्दै आएको,बार्षिक २० देखी २५ लाख रुपैयां सम्म सबै खर्च कटाएर बचत गरेको सुनाउंदै योजना र साहसका साथ गरेमा कृषि पेशाबाट कोहीपनि फेल नहुने जिकिर गर्नुभएको छ ।

अर्का कृषक तथा जोन कार्यक्रमका सदस्य पुश्करनाथ बन्जाडेले पानीको अभाव रहेको सन्धिखर्क ८ किमडांडामा प्लाष्टिक पोखरीमा आकाशे पानी संगालेर तरकारी खेती गर्दै आएको र कृषि पेशाबाट आफु सन्तुष्ट रहेको भन्दै हिम्मत गरेमा कुनै पनि अभावले कृषि गर्न नरोकीने बताउनु भएको छ । 

यस्तै कार्यक्रममा बोल्दै तरकारी जोन अर्घाखाँचीका कार्यालय प्रमुख शकंर न्यौपानेले विदेशिएका नेपाली युवालाई स्वदेश फर्काउने योजनाका साथ ब्यावसायिक तरकारी खेती गर्न जिल्लावासीहरुलाई आग्रह गर्नुभएको छ ।

“अबको कृषि विदेशिएका युवालाई स्वदेश फर्काउने योजनामा अगाडि बढाउनुपर्दछ”,उहांले भन्नुभयो “ यसो गर्न सकेमा मात्रै मुलुकमा समृद्धि आउनेछ”जोनको कार्यक्रम अवधिमा अर्घाखाँचीलाई नमुना जिल्ला बनाउने लक्ष्य सुनाउंदै कार्यालय प्रमुख न्यौपानेले सांच्चै परिवर्तनको निम्ती तरकारी पेशा अंगाल्ने कृषकलाई संस्थाको तर्फबाट हुने हर सहयोग प्रदान गर्ने आफु प्रतिबद्ध रहेको पनि बताउनुभएको छ । कार्यक्रममा तरकारी जोन अर्घाखाँचीका संयोजक राम बहादुर रायमाझी,सह–संयोजक सरोज भुसाल,सचिव बिष्णु भुसाल,पिताम्बर बन्जाडे लगायतले सहजीकरण गर्नुभएको थियो । तरकारी जोन अर्घाखाँचीले पहिलो चरणको कार्यक्रम अन्तरगत सन्धिखर्क नगरका १२ वटै वडा,छत्रदेवका ८ वटा वडा र मालारानी–५ वांगी गरि २१ वटा वडाको ५२४ हेक्टर जमिनमा कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो