२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङमा यसरी मनाईयो राष्ट्रिय धान दिवस, हेर्नुहोस् ८ तस्विर

१५ असार २०७५, शुक्रबार ११:५९

चिसाङ शेर्पा/असार÷१५ खोटाङ | खोटाङमा भव्य रुपमा राष्ट्रिय धान दिवस मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा शुक्रबार बाम्राङस्थित झिसेपुमा १५ औं राष्ट्रिय धान दिवस मनाईएको हो ।


नगरपालिकाको आयोजना तथा कालीनाग कृषक समुह बाम्राङको व्यवस्थापनमा दिक्तेलका प्रमेश जोशीको ८ रोपनी खेतमा रोपाइ गरिएको हो । रोपाइ कार्यक्रमलाई सम्बोधन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कृषिलाइ सम्मानित पेशा बनाउन नसकिए पनि उत्पादन गर्ने ब्यक्तिहरु सम्मानित ब्यक्ति भएको बताउनुभयो ।   ‘बजारमा किनेर खाँदा ठूला सम्झने तर, बिक्री गर्दा सानो भइने प्रबृत्तिलाई अन्त्य गर्दै गएमा कृषि पेशा सम्मानित पेशा हुने मेयर रिजालले बताए ।

जिल्ला समन्वय समिति उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेल, महिला तथा वालवालिका कार्यालय अधिकृत भुवन राई, बाम्राङका वडाध्यक्ष ललित राई जीवन लगायतले सामूहिक रुपमा रोपाइ गर्नुभएको थियो । मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन नेपालका अधिकांस स्थानमा रोपाई गरेर धान दिवस मनाउने गरिन्छ ।

खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य