२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाको तरकारी बुटवलसम्म

२०७५, ३० असार शनिबार ०९:३२

उमा केसी/असार ३०, रोल्पा | दक्षिण रोल्पाका किसान अहिले व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । 

परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेकाले यो पेशाप्रति उत्साह थपिएको किसानले बताएका छन् । 

खेतमा उत्पादन गरेको तरकारीको बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ, रोल्पा त्रिवेणी– ३ लिङदुङका पुनाराम घर्तीले भन्नुभयो, “नगदै हातमा पर्ने भएकाले दैनिक घरव्यवहार चलाउन समेत सजिलो भएको छ ।” 

“तरकारीको बिक्रीबाट प्राप्त हुने रकमले केटाकेटी पढाउन र स्वास्थ्योपचार गर्न सहज भएको छ,” उहाँले भन्नुभयो, “ घरव्यवहारको खर्च कटाएर बाँकी हुन आउने रकम गाउँकै सहकारीमा जम्मा समेत गर्ने गरेको छु । ” 

गोलभेँडा, बन्दा, भेडेखुर्सानी जस्ता तरकारीको व्यावसायिक खेती गर्ने घर्तीको घरमै तरकारी खरीद गर्न गाडी आउने भएकाले डोकोमा बोकेर बजार लैजाने समस्या पनि टरेको छ । “बारिको तरकारी टिपेर घरमा लान्छांै, घरबाटै गाडीले किनेर लैजान्छ,” घर्तीले भन्नुभयो, “शुरु शुरुमा बजारको निकै समस्या हुन्थ्यो, डोकोमा बोकेर लैजानुपथ्र्यो, अहिले घरमै गाडी आएर तरकारी किनेर लैजाने भएकाले सहज भएको छ ।” 

तरकारी उत्पादन गर्ने प्रविधि सिकेर निर्वाहमुखी कृषिबाट व्यावसायिकखेतीतर्फ लागेका छांै, त्रिवेणी गाउँपालिका– ३ की जयकली बुढाले भन्नुभयो, “ठूलो परिमाणमा खेती गर्दा कहिलेकाहीँ रोग आएर सखाप पार्ने गर्दछ भने कहिलेकाहीँ बजार मूल्य अत्यधिक कम हुन्छ ।” 

अघिल्लो वर्ष आफूहरुले उत्पादन गरेको बन्दाप्रति किलो रु दुईमासमेत नजाँदा आफूहरुले ठूलो घाटा व्यहोर्नु परेको स्मरण गर्दै उहाँले बेमौसमी तरकारी खेतीबाट बढी फाइदा हुने गरेको छ भन्नुभयो । किसानको व्यावसायिक सुरक्षामा राज्यले सहयोग गरे कृषि पेशाप्रतिको आकर्षण बढ्न सक्छ, बुढाले भन्नुभयो । 

त्रिवेणी– ३ का लिङदुङका ३० भन्दा बढी घरधुरीले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी खरीद गर्न दैनिक रुपमा गाडी आउने गर्दछन् । सो गाउँमा उत्पादित तरकारी दाङ, वुटबल, भालुवाङ, सल्यानको कपुरकोट जस्ता बजारमा बिक्री हुने गरेको बताइन्छ ।

युवा पलायनतालाई रोक्न तथा कृषिबाट समृद्धि हासिल गर्न राज्यले किसानलाई प्रोत्साहन पुग्ने कार्यक्रम गर्नुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताउनुभयो । सके निःशुल्क, नसके सुपथ मूल्यमा मल बीउ उपलब्ध गराए मात्र किसानले बाहिर बजारमा प्रतिस्पर्धा गर्नसक्ने बुढाको भनाइ छ । 

भारतीय बजारमा उत्पादित तरकारीसँग नेपाली कृषकले प्रतिस्पर्धा गर्न सके मात्रै यो व्यवसाय टिकाउ गर्न सकिन्छ, यसका लागि किसानलाई राज्यको सहयोग चाहिन्छ, बुढाले भन्नुभयो । 

कृषिमा आत्मनिर्भर बनाउनका लागि राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्छ, उहाँले भन्नुभयो, “वर्षेनी हजारांैका संख्यामा रोल्पाली युवा विदेश पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि भएपनि व्यावसायिक कृषिमा जोड दिनुपर्छ ।” 

कृषकलाई प्रविधि र बजारीकरणमा सहयोग गरिरहेको जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बजारीकरणका लागि तरकारी संकलन केन्द्रको स्थापनामा सहयोग गरिएको छ, श्रेष्ठले भन्नुभयो, “जिल्ला कृषि विकास कार्यालय रोल्पाको रु ५ लाख, वडा कार्यालयको रु दुई लाख र स्थानीय समुदायको रु एक लाख गरी कुल रु आठ लाखको लागतमा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्