2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ

साउन ५, लमजुङ | नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलँैची कृषक चिन्तित भएका छन् । 

जिल्लामा २० लाख भन्दा बढी अलँैची बिरुवा उत्पादन भए पनि हालसम्म चार लाख पनि बिक्री नभएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो । 

“जिल्लाका विभिन्न स्थानमा रहेका १० भन्दा बढी व्यावसायिक अलैँची नर्सरीबाट २० लाख भन्दा बढी बिरुवा उत्पादन भएको छ” अध्यक्ष तामाङले भन्नुभयो, “अलँैची रोप्ने मुख्य समय यही हो, यही बेला बिरुवा बिक्री भएको छैन, अब किसानलाई नोक्सानी मात्रै भयो ।” 

अघिल्लो वर्ष अलँैचीको प्रति बिरुवा रु १२ देखि रु १८ सम्ममा बिक्री वितरण भएको थियो । अहिले जिल्लामा प्रति बिरुवाको मूल्य रु पाँच देखि रु आठसम्म कायम गरिएको छ । प्रति बिरुवा रु तीनमा बिक्री गर्दा पनि अपेक्षित व्यापार नभएको कृषकको गुनासो छ । 

“बिरुवा जसरी पनि बिक्री गर्नु पर्यो भनेर रु तीनसम्ममा दिदाँ पनि बिक्री भएको छैन” अलैँची कृषक ईश्वर गुरुङले भन्नुभयो । 

अलैँचीको मूल्यमा गिरावट आएसँगै कृषकको अलैँची प्रतिको आकर्षण घटेको हुँदा बिरुवा बिक्री हुन नसकेको हो । “अलैँची टिप्ने बेला मूल्य घट्छ, किसानलाई दुःख गरेअनुसार आम्दानी हुँदैन” अर्का अलैँची कृषक सोमबहादुर तामाङले भन्नुभयो, “मूल्य नपाएर नै अलँैचीप्रति आकर्षण घटेको हो ।” 

लागतअनुसार अलैचीको मूल्य नपाउँदा बाध्य भएर किसानले अन्य विकल्प खोज्न थालेका हुन् । अलैँची प्रतिको आकर्षण घटेपछि बिरुवा बिक्री हुन छोडेको किसानको गुणासो छ । 

अघिल्ल वर्षमा प्रतिकिलो रु दुई हजार ५०० सम्म बिक्री भएको अलैँची गतवर्ष रु ६०० मा बिक्री गर्न बाध्य भएपछि किसान निराश बन्दै आएका छन् । वर्षौदेखि व्यावसायिक अलैँचीखेती गर्दै आएका किसानलाई अलैँचीको मूल्य गुणत्मक रुपमा अत्यधिक घटेपछि विकल्प खोज्न बाध्य भएका छन् । 

केहीवर्ष अघिसम्म अलँैचीको बजार निकै राम्रो भए पनि सरकारको स्पष्ट नीति नहुँदा विचौलियाले चलखेल गरेको पीडित किसानको आरोप छ । व्यावसायिक कृषिसँग जोडेर अलैँची प्रवद्र्धन गर्न र बजार तथा मूल्य सम्बन्धी स्पष्ट नीति बनाइ किसानलाई उत्प्रेरित गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने उनीहरुको माग छ । 

लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलँैची उत्पादन हुने क्षेत्रलाई समेटेर अलँैची जोन कार्यक्षेत्र बनाइ विशेष कार्यक्रम सञ्चालन पनि गरिएको छ । 

जिल्लाको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँ लगायतका गाउँ पाखामा व्यावसायिक अलैँचीखेती हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता