2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ

साउन ५, लमजुङ | नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलँैची कृषक चिन्तित भएका छन् । 

जिल्लामा २० लाख भन्दा बढी अलँैची बिरुवा उत्पादन भए पनि हालसम्म चार लाख पनि बिक्री नभएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो । 

“जिल्लाका विभिन्न स्थानमा रहेका १० भन्दा बढी व्यावसायिक अलैँची नर्सरीबाट २० लाख भन्दा बढी बिरुवा उत्पादन भएको छ” अध्यक्ष तामाङले भन्नुभयो, “अलँैची रोप्ने मुख्य समय यही हो, यही बेला बिरुवा बिक्री भएको छैन, अब किसानलाई नोक्सानी मात्रै भयो ।” 

अघिल्लो वर्ष अलँैचीको प्रति बिरुवा रु १२ देखि रु १८ सम्ममा बिक्री वितरण भएको थियो । अहिले जिल्लामा प्रति बिरुवाको मूल्य रु पाँच देखि रु आठसम्म कायम गरिएको छ । प्रति बिरुवा रु तीनमा बिक्री गर्दा पनि अपेक्षित व्यापार नभएको कृषकको गुनासो छ । 

“बिरुवा जसरी पनि बिक्री गर्नु पर्यो भनेर रु तीनसम्ममा दिदाँ पनि बिक्री भएको छैन” अलैँची कृषक ईश्वर गुरुङले भन्नुभयो । 

अलैँचीको मूल्यमा गिरावट आएसँगै कृषकको अलैँची प्रतिको आकर्षण घटेको हुँदा बिरुवा बिक्री हुन नसकेको हो । “अलैँची टिप्ने बेला मूल्य घट्छ, किसानलाई दुःख गरेअनुसार आम्दानी हुँदैन” अर्का अलैँची कृषक सोमबहादुर तामाङले भन्नुभयो, “मूल्य नपाएर नै अलँैचीप्रति आकर्षण घटेको हो ।” 

लागतअनुसार अलैचीको मूल्य नपाउँदा बाध्य भएर किसानले अन्य विकल्प खोज्न थालेका हुन् । अलैँची प्रतिको आकर्षण घटेपछि बिरुवा बिक्री हुन छोडेको किसानको गुणासो छ । 

अघिल्ल वर्षमा प्रतिकिलो रु दुई हजार ५०० सम्म बिक्री भएको अलैँची गतवर्ष रु ६०० मा बिक्री गर्न बाध्य भएपछि किसान निराश बन्दै आएका छन् । वर्षौदेखि व्यावसायिक अलैँचीखेती गर्दै आएका किसानलाई अलैँचीको मूल्य गुणत्मक रुपमा अत्यधिक घटेपछि विकल्प खोज्न बाध्य भएका छन् । 

केहीवर्ष अघिसम्म अलँैचीको बजार निकै राम्रो भए पनि सरकारको स्पष्ट नीति नहुँदा विचौलियाले चलखेल गरेको पीडित किसानको आरोप छ । व्यावसायिक कृषिसँग जोडेर अलैँची प्रवद्र्धन गर्न र बजार तथा मूल्य सम्बन्धी स्पष्ट नीति बनाइ किसानलाई उत्प्रेरित गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने उनीहरुको माग छ । 

लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलँैची उत्पादन हुने क्षेत्रलाई समेटेर अलँैची जोन कार्यक्षेत्र बनाइ विशेष कार्यक्रम सञ्चालन पनि गरिएको छ । 

जिल्लाको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँ लगायतका गाउँ पाखामा व्यावसायिक अलैँचीखेती हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने