२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दुई दशकदेखि तरकारीखेती

६ श्रावण २०७५, आईतवार ०९:५६

साउन ६, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् । 

गाउँमा ‘संगत तरकारीबाली कृषक समूह’ गठन गरेर तरकारीखेतीका लागि ऋण प्रवाहसमेत गर्दै आएका उनीहरू तरकारीका विक्रीका लागि बजारको समस्या रहेको बताउँछन् । 

समूहका पूर्व अध्यक्ष परदेशी डगौँराले २०५२ सालमा समूह गठन गरेर गाउँका किसान एकबद्धरूपमा तरकारीखेतीमा लागिरहेको बताउनुहुन्छ । 

“शुरुमा समूह गठन गरेर आयमूलक व्यवसायमा लाग्दा १७ जना गाउँले थियौँ ।” उहाँ भन्नुहुन्छ, “अहिले छोरानाति पनि समूहमा लागेर व्यवसाय गर्दैछन् ।” 

जिल्लाकै पुरानो कृषक समूह भए पनि कुनै निकायबाट कृषि सामग्री तथा कुनैखाले सहयोग नपाएको समूहका अध्यक्ष बालकृष्ण डगौँराको दुखेसो छ । 

“कागजमा समूह बनाएर अनुदान पाउने धेरै होलान् ।” उहाँ जोड दिनुहुन्छ, “हामी जीविकोपार्जन गर्नेहरुलाई कसैले हेरेन । केही वर्षअघि जिल्ला कृषि विकास कार्यालयले धानको बीउ उपलब्ध गराए पनि त्यसयता कुनै सहयोग पाइएको छैन। ” 

“सम्बन्धित निकायमा हाम्रो पहुँच नभएरै होला सहयोग नपाएको ? ।” अध्यक्ष डगौँरा भन्नुहुन्छ, “आफैँ लगानी गरेर उत्पादन गरेको तरकारी बेलाबखत बिक्रीका लागि समस्या हुन्छ ।” 

समूहमा आबद्ध किसानलाई ऋण दिएबापत समूहले एक प्रतिशत ब्याज लिने गरेको छ । समूहबाट किसानले तरकारीलगायत अन्य आयमूलक कामका लागि रु एक लाखसम्म पनि ऋण लिएका छन् । 

रु १५ लाख ४३ हजार कारोवार रहेको कृषक समूहले रु १४ लाख ५६ हजार समूहभित्रै ऋण लगानी गरेको जानकारी दिँदै अध्यक्ष डगौँरा भन्नुुहुन्छ, “एक दुई बिगाहासम्म पनि तरकारी लगाइएको छ तर स्थानीय झलारी बजारदेखि गाउँ गाउँसम्म तरकारी खपतका लागि डुलाउनु परेको छ ।” 

सरकारले पनि कृषिमा लगानी बढाएका समाचार सुन्ने गरेको भए पनि आफूहरुलाई सहयोग नभएको समूहका सचिव धर्मसिंह चौधरी बताउनुहुन्छ । “गाउँमा बेरोजगार युवा पनि पछिल्लो समय तरकारीखेतीमा लागेका छन् ।” सचिव चौधरी भन्नुुहुन्छ, “तर स्वदेशमा लागिरहेका युवालाई कहीँबाट प्रोहत्सानसम्म छैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल