2026-06-28 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वर्षे बाली बँदेलले सखाप पारेपछि किसानलाई चिन्ता

साउन १९, सल्यान (रासस) | सल्यानका कतिपय स्थानमा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । 

वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो । 

गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताउनुभयो । 

“पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले”, चिन्तित हुँदै उहाँले भन्नुभयो, “यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प रहेन ।” वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको बोहराको भनाइ थियो । 

विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको वनगाड कुपिण्डे–९ गिठाचौरका यज्ञबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारी तथा खेत बाँझै छन्, पहिले बँदेल गाउँमा पस्दैनथे विगत पाँच वर्षदेखि बँदेलेको बथान राति गाउँमै छिर्छ, रातभरि उपद्रो गरेर बिहान जंगल जान्छन्, जति गरे पनि नियन्त्रण गर्न सकिएन । त्यसै कारण गाउँ जतिबेला पनि विस्थापित हुनुपर्ने बाध्यता भएको छ ।” 

अर्का कृषक कृषक चित्रभान बोहराले बताउनुभयो, “गाउँमा सबै परिवारको बारी क्षति भएकाले बँदेल धपाउन रातभरि जाग्राम बस्छौँ तर कतिबेला कताबाट आएर छिर्छन् थाहै हुँदैन खेततिर गयो बारीमा आउँछन्, बारीतिर गयो खेतमा आउँछन् । यस्तो दुःख कहिलै भोगेका थिएनौ ।” 

बँदेलले क्षति पुर्याउन थालेपछि ४० प्रतिशत जमिन बाँझै रहेको पिडा सुनाउँदै कृषक कामी बोहराले भन्नुभयो, “दुःख गरेर बारीमा अन्न लगायो अब भित्र्याउनु पर्छ भन्ने बेला बँदेलले सखाप पार्छ, त्यही भएर धेरैजसो बारी बाँझै छन्, अब गाउँमै आएर दुःख दिन थालेकाले गाउँ छोड्न मात्र बाँकी भयो”।

गिठाचौर बस्ती नजिकै रहेको भगवती सामुदायिक वनबाट आउने बँदेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पुर्याउने भएकाले तिनको नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको कृषकको गुनासो थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी