२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खोटाङमा ८५ प्रतिशत धान रोपाई सकियो

२०७५, १९ श्रावण शनिबार १२:१०

चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | यसबर्ष समयमै पानी परेका कारण साउनको तेश्रो सातासम्म खोटाङमा किसानहरुले ८५ प्रतिशत धान रोपिसकेका छन् । जिल्ला कृषि बिकास कार्यालय खोटाङले दिएको जानकारी अनुसार यसबर्ष किसानहरुले गत साल भन्दा छिट्टै नै धान रोपिसक्ने छन् ।

रोपाई हुन १५ प्रतिशत भने सुक्खा क्षेत्र, बर्षा याममा पाक्ने धान राम्ररी नपाकेको, आकासे पानीको भरमा रोपाई गर्नु पर्ने बाध्यता भएका खेतमा रोपाई गर्न बाँकि रहेको जिल्ला कृषि बिकास कार्यालयका प्राबिधिक सहायक हरिनारायण राईले बताउनुभयो ।

खोटाङ जिल्लामा धान खेत गर्ने योग्य जमिन १५ हजार २०२ हेक्टर जमिन रहेको भए पनि बिगतका बर्षहरुमा किसानहरुले १२ हजार ८९८ हेक्टरमा धान खेति लगाईएको कृषि बिकास कार्यालयले जनाएको छ । कृषकहरुले यसबर्ष भने १० हजार ९ सय ६३ हेक्टरमा रोपाई गरिसकेका छन् । धान रोप्न बाँकि १५ प्रतिशत खेतमा भने यसै साउन महिनाको अन्तिम सम्म रोपाई गरि सक्ने अनुमान गरिएको छ । 

खोटाङका कृषकहरुले गत बर्ष भदौको दोश्रो सातामा धान रोपाई सकेका थिए भने, यस बर्ष समयमै बर्षाद् भएको कारण साउनको अन्तिम सम्ममा धान रोपाई गरिसक्ने अनुमान रहेको प्राविधिक सहायक राईको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण