2026-09-16 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाँचथरका चिया कृषक समस्यामा

भदौ ७, पाँचथर | सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् । 

चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका छन् । एकातिर राज्य चिया खेती र कृषकसँग उदासीन छ भने अर्कोतिर कृषकले चिया खेती व्यावसायिकरुपमा गर्न नसकिएको बताएका छन् । चियाको उत्पादन र गुणस्तरलाई कायम गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने नाम्फुयक चिया सहकारीका सचिव सुवास तुम्वापोले बताउनुभयो । 

उहाँले भन्नुभयो, “श्रमिकको समस्याले चिया खेतीमा भने जस्तो ढङ्गले विस्तार र सुधार हुन सकेको छैन् ।” चिया तथा कफी विकास वोर्ड चिया विस्तार आयोजना लालीखर्कका प्रमुख प्रेमकुमार थिङका अनुसार चिया क्षेत्रमा राज्यले विभिन्न आकर्षणसहितका अनुदान, तालीम गोष्ठी र सेमिनार सञ्चालन गरे पनि पनि स्वयं किसानको आकर्षण घट्नु, वैदेशिक रोजगारीका क्रममा युवा विदेश पलायन हुनु जस्ता कारण चिया उत्पादनमा ह्रास आइरहेको बताउनुभयो । 

चिया उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष नन्दकुमार आङथोपुले चिया प्रशोधनका लागि कारखानामा दक्ष प्राविधिक नहुनु र चियाको मूल्य निर्धारणमा पहुँच नपुग्दा कृषकले उचित मूल्य पाउन नसकेको बताउनुभयो । विश्वका धेरै ठाउँमा चियासम्बन्धी अध्ययन–अध्यापन भए पनि नेपालजस्तो पर्याप्त चिया उत्पादन हुने देशमा त्यस्तो सहज अवस्था नहुनुले थप समस्या उत्पन्न भएको उहाँको भनाइ छ । 

राष्ट्रिय चिया नीति, २०५८ नै परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष आङथोपुले साना किसानले कम्तीमा पनि ३५० रोपनी क्षेत्रफलमा खेती गर्नुपर्ने नीतिमा उल्लेख भएकाले साना चिया कृषक मारमा परेको बताउनुभयो । कृषि मजदुरलाई लिङ्गका आधारमा ज्यालामा समेत विभेद गर्ने भन्दै फिदिम–५ की फूलकुमारी तुम्वापोले समान काममा पुरुषलाई रु ३०० ज्याला दिएकामा महिलालाई रु १५० मात्र दिएर विभेद गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल