२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

तरकारी खेतीले जीवनस्तर फेरियो

२०७५, २३ भाद्र शनिबार १४:४८

भदौ २३, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उहाँको जीवनस्तर नै फेरिएको हो ।

तिला गुफा कृषि विकास शाखा कालीकोट र सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनामार्फत मौसमी तथा बेमौसमी तरकारीखेतीसम्बन्धी तालीमसँगै ८० प्रतिशत अनुदानमा तरकारी बालीको बीउ र कृषि औजारसमेत कृषकलाई उपलब्ध गराएको थियो । तरकारी खेती गर्दा परिवारको खर्च, छोराछोरीको पढाइ खर्च चलाएर वार्षिकरुपमा करीब रु दुई लाख बराबर आम्दानी गर्न सकेको कृषक रीश्मा शाहीले बताइन् । ‘अन्नबाली लगाएपछि वर्षभरि परिवारलाई छाक टार्नै समस्या पर्छ’ उनले भनिन् ‘अहिले तरकारी खेती गर्दा पारिवारिक गुजरासंगै बजारसम्म तरकारी विक्री हुने गरेको छ ।’ बन्दा, काउली, काँक्रा, खुर्सानी, गोलभेंडा, भण्टालगायतका तरकारी खेती गरेको उनले बताइन् । एक पटकमा रु ६० हजार बराबर आम्दानी गर्ने गरेको उनको भनाई छ ।

प्लाष्टिक घरमा तरकारी लगाउँदा तापक्रम र पानीको मात्रासमेत मिल्ने भएकाले उत्पादन बढी हुने गरेको अनुभव उनीसँग छ । तिलागुफा नगरपालिका–६ गाल्जेका स्थानीय कृषक तरकारी खेतीमा सक्रिय भएका छन् । अन्नबालीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका सबै कृषक तरकारी खेतीप्रति आकर्षित पाइएको छ । अर्का कृषक परेकबहादुर शाहीले पनि तरकारी खेतीबाटै वार्षिक रु डेढ लाख आम्दानी गर्छन् । अर्गानिक तरकारी खेती गरी मनग्य आम्दानी लिन सकिने भएपछि आफूले पनि मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेको उनले बताए । गाल्जेका स्थानीय कृषकले उत्पादन गरेको तरकारी गाल्जे बजार, नाग्मा बजार र जुम्ला खलङ्गा बजारसम्म पु¥याएर बिक्री वितरण गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस