२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरको मटेनामा बाढीले नोक्सान पुर्याएको धानबालीको निरीक्षण

२४ भाद्र २०७५, आईतवार १३:११

भदौ २४, महेन्द्रनगर | भिमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीम बहादुर शाहुले बाढीले धानबाली नोक्सान पुर्याएको क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् । कार्य वाहक नगर प्रमुख शाहुले निरीक्षणका क्रममा क्षतिको जानकारी लिदैं खोला नियन्त्रण गरिने आश्वासन दिएका छन् ।

भीमदत्त नगरपालिका वडा नं. ९ मटेनामा गहुताणी र तिलाते खोलामा तीन दिन अघि आएको बाढीले चार दर्जन बढी परिवारको धानबालीमा क्षति पुगाएको छ । बाढीसंगै आएका आएको माटो, बालुवा र ग्राभेलले स्थानीयका खेतबारी भरिएका छन् । 


भीनपा वडा नं. ९ का अध्यक्ष राम नाथले तिलाते खोलाले १५ र गहुँताणी खोलाले ३५ परिवारको धानबालीमा क्षति पुगेको जानकारी दिए ।

‘तिलाते खोलाले १५ र गहुँताणी खोलाबाट ३०–३५ परिवारको धानबानली क्षति पुगेको छ’ वडा अध्यक्ष नाथले भने,‘धानबाली पुरिएको छ, माटो, ग्राभेल थुप्रिएको छ ।’

स्थानीयको पाँच बिगाहा भन्दा बढी जमिनको धानबाली नोक्सान भएको कार्य वाहक नगर प्रमुख शाहुले बताए ।

‘निरीक्षणका क्रममा पाँच बिगाहाभन्दा बढी जमिनमा लगाएको धानबाली नोक्सान गरिएको देखिएको छ’ कार्यवाहक नगर प्रमुख शाहुले भने,‘धान काम नलाग्ने भएको छ, ‘धान काम नलाग्ने भएको छ ।’

बाढीले स्थानीय कृष्णराम लावडको सबैभन्दा बढी धानबालीमा नोक्सान पुगेको छ । लावडको एक बिगाहा जमिनमा लगाएको धानबाली पटान गरिएको छ ।


‘धानबाली क्षति भएका परिवारमा वहाँको नै सबैभन्दा बढी क्षति भएको छ, एक बिगाहामा लगाएको धानबाली ग्राभेलले पुरिएको छ’ वडा अध्यक्ष नाथले भने ।

चुरे क्षेत्रमा अत्यधिक वर्षापछि ती दुबै खोलामा बाढी आएको थियो । विगतमा बाढीले समान्य क्षति हुँदै आएकोमा यस वर्ष ठूलो क्षति भएको हो ।

स्थलगत निरीक्षणमा कार्य वाहक नगर प्रमुख शाहु सहित वडा अध्यक्ष नाथ, वडा सदस्य जय बहादुर जोशी, नगर प्रमुख सचिवालयका नरेन्द्र कार्की, नगरपालिका कार्यालयका पूर्ण बहादुर कुँबर लगायतका सहभागी भएका छन् ।


कार्य वाहक नगर प्रमुख शाहुले निरीक्षणका क्रममा खोला नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि पहल गरिने प्रतिबवद्धता जनाए । उनले तत्काल नगरपालिका कार्यालयबाट जेसिभी लगाएर खोला सफाई गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य