2026-09-08 02:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि गाउँपालिकाले वितरण गर्यो कृषि चुन

असोज ७, सल्यान । परिक्षणको नतीजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ कृषि चुन वितरण गरेको छ । विशेष गरि तरकारि खेती भएको खेतबारिमा अम्लीयपन बढि देखिएको गाउँपालकाले जानकारि दिएको छ । पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागी ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि गराएका छन् । कृषि चुन खरिद गरि किसानको २५ प्रतिशत लागत सहभागीतामा ५ सय ४५ क्विन्टल कृषि चुन कृषि शाखा मार्फत वितरण भएको हो । अझै किसानले चुनको माग गरिरहेको कृषि शाकाका प्रमुख पदम तिमिल्सीनाले जनाए ।

पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारिको माटोको अवस्था पत्ता लगाउन माटो परिक्षण शिविर सञ्चालन गर्दै आएको छ । र यसक्रममा माटो विग्रदै गएको पाइएको छ । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घट्ने गरेको माटोमा सुधार आएर उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि सल्यानका  किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे तिमिल्सीनाको भनाइ छ । माटोको अवस्था हेरेर एक रोपनि जमिनमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्नुपर्ने उनले जनाए ।

रासायनीक मल तथा विषादीको प्रयोग, बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना बढ्न गइ उर्वराशक्तिमा ह्रास आउने कृषि शाखाले जनाएको छ । माटोमा अम्लको मात्रा बढ्दै जानु चिन्ताको विषय भएको जनाउँदै कपुरकोट गाउँपालिकाले यसको मात्रा घटाउन किसान पनि जागरुक बन्नुपर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल