२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा कोसेली घर स्थापना

२७ आश्विन २०७५, शनिबार ०८:५१

असोज २७, घोराही (रासस) | जिल्लामा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घले यहाँ कोसेली घरको स्थापना गरेको छ । 

कोसेली घरको आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रेखा शर्माले उद्घाटन गर्दै स्थानीय उत्पादनलाई व्यावसायीकरण र बजारीकरण गर्नको लागि उद्योग वाणिज्य सङ्घले नयाँ कामको थालनी गरेको भन्दै प्रसंसा गर्नुभयो । 

सीप भएर पनि आर्थिक अभावका कारण आफ्नो सामग्रीलाई बजारसम्म पुर्याउन नसकेका महिलाका सामग्रीलाई बढी स्थान दिनुपर्ने उहाँको भनाइ थियो ।

लामो समयदेखि कोसेली घरको स्थापना गर्ने प्रयास थालेको सङ्घले अहिले आएर आफ्नो योजना सफल भएको जनाएको छ । सङ्घका अध्यक्ष नारायण भुसालका अनुसार कोसेली घरमा स्थानीय महिलाले उत्पादन गरेका अल्लोका सामग्री, सुकाको सिन्की, मासुको सुकुटी, च्याउको सुकुटी, मह, तेल, अचार, काठका मूर्ति, लोप हुँदै गएका तिल्की चामल, सिम्ठारो चामल, कोदो, फापर र मकैका पिठो, बेसार, खुकुरी, चुलेसी, मुक्त कमलरीले बनाएका ढकिया, जिल्लामै उत्पादन भएका पेय पदार्थ आदि बिक्रीका लागि राखिएको छ । 

विशेष गरी जिल्ला बाहिरबाट दाङमा घुम्न आउने पर्यटकलाई फर्किदा यहाँको चिनोस्वरुप लैजाने सामग्रीलाई एकीकृत गरिएको सङ्घका अध्यक्ष भुसालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ