२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमै जीवन बिताउने जोश

२०७५, १३ कार्तिक मंगलवार ०९:२३

कात्तिक १३, भजनी | कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २५ वर्षीय छत्र कार्कीले आफ्नो जीवनकाल कृषि पेशामा नै बिताउने घोषणा गरेका छन् । टीकापुरस्थित पशुपक्षी तथा मत्स्य फर्म दर्ता गरी २०७२ सालदेखि व्यावसायिक रुपमै माछा, बाख्रा, भैँसी, लोकल कुखुरालगायत उत्पादनको क्षेत्रमा समेत व्यवसाय गर्दै आएका कार्कीले वर्षमा करीब रु १० देखि १२ लाखसम्मको आम्दानी गर्न सफल भएको बताएका छन् । 

विसं २०६३ सालमा अछामको रामारोशन गाउँपालिका–३ कालापानी भन्ने ठाउँबाट टीकापुर आएका कार्कीले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका कार्कीका एक छोरा र एक छोरी छन् । 

श्रीमती र भाइले व्यवसायमा सहयोग गरिरहेको कार्की बताउनुभयो । साथै, सानै उमेरमा विवाह बन्धनमा बाँधिनु र कृषि क्षेत्रप्रतिको मोहका कारण रहरै–रहरमा कृषि पेशा अङ्गालेका कार्की टीकापुर क्षेत्रभित्रका कान्छा व्यवसायीका रुपमा समेत चिनिन्छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको आठ बिगाहा जग्गा वर्षको रु एक लाख ३० हजार भाडा तिर्ने गरी पाँच वर्षका लागि ठेक्कामा लिई व्यवसाय सञ्चालन गरिरहेका छन् । “आम्दानीका लागि कृषि पेशा सबैभन्दा सहज र सजिलो पेशा हो । तीन लाख लगानीमा शुरु गरेको फर्म अहिले रु १२–१५ लाख बराबरको भएको छ ।” 

कार्कीले भन्नुभयो, “कृषिमा पहिलेदेखि नै रुचि थियो । अब व्यावसायिक रुपमै कृषिमा जोडिएको छुँ र, कृषिमै जीवन व्यतीत गर्नेछु ।” अन्य युवालाई विदेश पलायन नहुन आग्रह गर्दै कार्कीले विदेश जाने लगानीले स्वदेशमै केही गर्न सकिने बताउनुहुन्छ । 

मत्स्य फर्मको डिलमा रोपेको खरले क्याम्पसको वार्षिक रु एक लाख ३० हजार भाडा तिर्न पुग्ने र अन्य गहुँ, धान, मसुरो, अलहरलगायतका बाली पनि लगाउने गरेका कार्कीले मत्स्य फर्म, कुखुरा फार्म, भैँसीपालन, बाख्रापालनबाट आएको रकम आफ्नो आम्दानीको रुपमा बचत भइरहेको बताएका छन् । 

कृषि क्षेत्रमा सरकारको सबैभन्दा ठूलो लगानी रहेको भएता पनि अहिलेसम्म कुनै ठाउँबाट कुनै किसिमको अनुदान नपाएको गुनासो गर्दै कार्कीले फर्म दर्ता गर्ने तर, व्यवसाय नगर्ने पहुँचवालाले मात्र अनुदान पाउने प्रवृत्तिका कारण आफूहरुजस्ता व्यवसाय गर्न चाहने युवा पलायन हुनुपरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस