२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषिमै जीवन बिताउने जोश

१३ कार्तिक २०७५, मंगलवार ०९:२३

कात्तिक १३, भजनी | कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २५ वर्षीय छत्र कार्कीले आफ्नो जीवनकाल कृषि पेशामा नै बिताउने घोषणा गरेका छन् । टीकापुरस्थित पशुपक्षी तथा मत्स्य फर्म दर्ता गरी २०७२ सालदेखि व्यावसायिक रुपमै माछा, बाख्रा, भैँसी, लोकल कुखुरालगायत उत्पादनको क्षेत्रमा समेत व्यवसाय गर्दै आएका कार्कीले वर्षमा करीब रु १० देखि १२ लाखसम्मको आम्दानी गर्न सफल भएको बताएका छन् । 

विसं २०६३ सालमा अछामको रामारोशन गाउँपालिका–३ कालापानी भन्ने ठाउँबाट टीकापुर आएका कार्कीले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका कार्कीका एक छोरा र एक छोरी छन् । 

श्रीमती र भाइले व्यवसायमा सहयोग गरिरहेको कार्की बताउनुभयो । साथै, सानै उमेरमा विवाह बन्धनमा बाँधिनु र कृषि क्षेत्रप्रतिको मोहका कारण रहरै–रहरमा कृषि पेशा अङ्गालेका कार्की टीकापुर क्षेत्रभित्रका कान्छा व्यवसायीका रुपमा समेत चिनिन्छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको आठ बिगाहा जग्गा वर्षको रु एक लाख ३० हजार भाडा तिर्ने गरी पाँच वर्षका लागि ठेक्कामा लिई व्यवसाय सञ्चालन गरिरहेका छन् । “आम्दानीका लागि कृषि पेशा सबैभन्दा सहज र सजिलो पेशा हो । तीन लाख लगानीमा शुरु गरेको फर्म अहिले रु १२–१५ लाख बराबरको भएको छ ।” 

कार्कीले भन्नुभयो, “कृषिमा पहिलेदेखि नै रुचि थियो । अब व्यावसायिक रुपमै कृषिमा जोडिएको छुँ र, कृषिमै जीवन व्यतीत गर्नेछु ।” अन्य युवालाई विदेश पलायन नहुन आग्रह गर्दै कार्कीले विदेश जाने लगानीले स्वदेशमै केही गर्न सकिने बताउनुहुन्छ । 

मत्स्य फर्मको डिलमा रोपेको खरले क्याम्पसको वार्षिक रु एक लाख ३० हजार भाडा तिर्न पुग्ने र अन्य गहुँ, धान, मसुरो, अलहरलगायतका बाली पनि लगाउने गरेका कार्कीले मत्स्य फर्म, कुखुरा फार्म, भैँसीपालन, बाख्रापालनबाट आएको रकम आफ्नो आम्दानीको रुपमा बचत भइरहेको बताएका छन् । 

कृषि क्षेत्रमा सरकारको सबैभन्दा ठूलो लगानी रहेको भएता पनि अहिलेसम्म कुनै ठाउँबाट कुनै किसिमको अनुदान नपाएको गुनासो गर्दै कार्कीले फर्म दर्ता गर्ने तर, व्यवसाय नगर्ने पहुँचवालाले मात्र अनुदान पाउने प्रवृत्तिका कारण आफूहरुजस्ता व्यवसाय गर्न चाहने युवा पलायन हुनुपरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य