२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीका किसानलाई गहुँको बीउ वितरण

२०७५, १९ कार्तिक सोमबार ०९:५०

कात्तिक १९, बैतडी | गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ । 

बीजवृद्धि कार्यक्रमअन्तर्गत १२०४ जातको उन्नत जातको ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको सेरामा २० क्विन्टल, डिलाशैनीको न्वाकोटमा पाँच क्विन्टल, पाटनको सुकाबैनामा पाँच क्विन्टल, दार्चुलाको शैल्यशिखरमा तीन क्विन्टल र लालीमा एक क्विन्टल गहुँको बीउ वितरण गरिएको छ । 

पकेट क्षेत्रका किसानलाई लक्ष्य गरी गहुँको बीउ वितरण गरिएको हो । यस्तै ५० प्रतिशत अनुदानमा दशरथचन्द नगरपालिकाले एक सय ५९ क्विन्टल उन्नत गहुँको बीउ किसानलाई वितरण गरेको छ । 

किसान हर्षित 

यसैबीच लामो समय पछि पानी परेपछि किसान खुशी भएका छन् । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सिँचाइको अभाव भएका ठाउँका किसान आइतबार वर्षा भएसँगै हर्षित भएका हुन् । 

सिँचाइ अभावमा गहुँ छर्न नपाएका किसान पानी परेपछि गहुँ छर्न थालेका छन् । पानी परेपछि गहुँ छर्न सजिलो भएको दोगडाकेदार– ३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो । पानी परेपछि गहुँ छर्न तथा तरकारी खेती गर्न सहज भएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण