२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीका किसानलाई गहुँको बीउ वितरण

१९ कार्तिक २०७५, सोमबार ०९:५०

कात्तिक १९, बैतडी | गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ । 

बीजवृद्धि कार्यक्रमअन्तर्गत १२०४ जातको उन्नत जातको ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकाको सेरामा २० क्विन्टल, डिलाशैनीको न्वाकोटमा पाँच क्विन्टल, पाटनको सुकाबैनामा पाँच क्विन्टल, दार्चुलाको शैल्यशिखरमा तीन क्विन्टल र लालीमा एक क्विन्टल गहुँको बीउ वितरण गरिएको छ । 

पकेट क्षेत्रका किसानलाई लक्ष्य गरी गहुँको बीउ वितरण गरिएको हो । यस्तै ५० प्रतिशत अनुदानमा दशरथचन्द नगरपालिकाले एक सय ५९ क्विन्टल उन्नत गहुँको बीउ किसानलाई वितरण गरेको छ । 

किसान हर्षित 

यसैबीच लामो समय पछि पानी परेपछि किसान खुशी भएका छन् । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सिँचाइको अभाव भएका ठाउँका किसान आइतबार वर्षा भएसँगै हर्षित भएका हुन् । 

सिँचाइ अभावमा गहुँ छर्न नपाएका किसान पानी परेपछि गहुँ छर्न थालेका छन् । पानी परेपछि गहुँ छर्न सजिलो भएको दोगडाकेदार– ३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो । पानी परेपछि गहुँ छर्न तथा तरकारी खेती गर्न सहज भएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य