२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

व्यवसायीलाई कफीखेतीमा आकर्षित गरिँदै

२०७५, ३० कार्तिक शुक्रबार ११:२६

वासुदेव पौडेल | कात्तिक ३०, पोखरा | राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ । 

नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भएको छ । नेपालमा उत्पादित कफीको विश्वबजारमा अत्यधिक माग रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताउनुभयो । “मागलाई ध्यानमा राख्दै उत्पादन र उत्पादकत्व वृद्धिसँगै नेपालको आफ्नै कफीलाई विशिष्टिकरण गर्न गुणस्तरमा थप सुधार गरी लैजान आवश्यक छ”, उहाँले भन्नुभयो ।” 

माग अनुरुपको उत्पादनका लागि साना किसानको संरक्षण गर्दै कफीमा पनि चिया क्षेत्रको जस्तै ठूलो लगानी आकर्षण ‘स्टेट फार्मिङ’लाई जोड दिनु आवश्यक रहेको उहाँको भनाइ छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रु नौ करोड ३७ लाख बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु ६ करोड ५९ लाख बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ । 

गत वर्षको तुलनामा कफीको आयात करीब ६४ प्रतिशतले बढेको छ भने निर्यात करीब ११ प्रतिशतले घटेको छ । उत्पादन बढीरहँदा आयात बढ्नु तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको सहजै अनुमान गर्न सकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेल बताउनुहुन्छ । पछिल्लो समयमा देशभर क्याफे हाउसको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको छ । नेपालमा उत्पादित कफी विशेषगरी जापान, कोरिया, क्यानडा, अमेरिका, बेलायत, भारतलगायत देशमा निर्यात हुन्छ । 

यहाँको अराविका जातको कफी विदेशमा अत्यधिक रुचाइने भएकाले कफी बगैँचामा फूल फुल्दाकै अवस्थामा उत्पादनको अवस्था अनुमान गरी विभिन्न कम्पनीमार्फत डलरमा खरिद हुने गरेको पाइन्छ । भौगोलिक अवस्थितिका आधारमा ७०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइका साथै भिरालो र छहारी भएको उत्तरपूर्वी मोहोडायुक्त स्थानमा कफीको पर्याप्त उत्पादन हुने कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो । मुलुकका ४३ जिल्लामा कफी उत्पादनको सम्भावना छ । 

मुलुकभर करीब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफीखेती गर्न सकिने अध्ययनले देखाएको छ । सो क्षेत्रमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफीका लागि उत्तम देखिएको क्षेत्रीय निर्देशक पोखरेलले जानकारी दिनुभयो । आव २०७१÷७२ मा दुई हजार ३८१ हेक्टरमा कफी लगाइएकामा ४६३.५८ मेट्रिक टन उत्पादन भएको थियो भने आवमा २०७२÷७३ मा दुई हजार ६१८ हेक्टरमा ४३४ मेट्रिक टन कफी उत्पादन भएको थियो । 

त्यस्तै आव २०७३÷७४ मा दुई हजार ६४६ हेक्टरमा ४६६ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०७४÷७५ मा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा ५१३ मेट्रिक टन उत्पादन भएको थियो । तथ्याङ्क हेर्दा नेपालमा कफीखेतीको विस्तार एवं उत्पादनको अवस्थामा उल्लेख्य प्रगति भएको देखिँदैन । नेपालमा पहिलो पटक १९९५ सालमा एक सन्यासी हीरा गिरीले बर्माबाट लठ्ठीमा बाँधेर ल्याएको कफी बेवारिसे अवस्थामा गुल्मीको आँपचौरमा लगाइएको थियो । त्यसयता विकसित हुँदै गएको कफीखेती विस्तार हुँदै यसले व्यावसायिक रुप लिँदै गएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्यूठान, पाल्पा र स्याङ्जाका कफी सम्भावित क्षेत्रलाई सुपर जोन क्षेत्रको रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १४औँ राष्ट्रिय कफी दिवस मङसिर १ गते पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । देशभरका करीब ५०० कफी किसान एवं कृषि सहकारीका प्रतिनिधि सहभागी हुने उक्त कार्यक्रममा प्रभातफेरीसहित औपचारिक कार्यक्रम सम्पन्न गरिने निर्देशक पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा कृषि मन्त्रालयअन्तर्गत सङ्घीय एवं प्रादेशिक मन्त्री, कृषि विज्ञ एवं अन्य सरोकारवालाबीच अन्तरक्रियासमेत आयोजना गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो