२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

२०७५, १० मंसिर सोमबार ०५:१२

मङ्सिर १०, गलेश्वर (रासस) | कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । 

गाउँपालिकाले खेतीयोग्य जमीनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालीम तथा अनुदानको सुविधासहित गत वर्ष प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो । एक वर्षको अवधिमा परीक्षण उत्पादनदेखि बिक्री वितरणसमेत सफल भएपछि अहिले यो उद्योगको चर्चा देशैभरि फैलिएको छ । 

प्राङ्गारिक मल उद्योगको हालै प्यूठान जिल्लाका जनप्रतिनिधिले अवलोकन भ्रमण गरेका छन् । प्यूठान नगरपालिका–४ का वडाध्यक्ष प्रकाशराज भण्डारीको नेतृत्वको एक टोलीले भ्रमण गर्दै उहाँले मङ्गलाको प्रयोग आफ्नो वडामा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यसअघि पनि नेपालका विभिन्न जिल्लाबाट मल उद्योगको अवलोकनका लागि कृषक र जनप्रतिनिधि आएका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

मल उद्योगको स्थापनाले बजार क्षेत्रमा सड्ने फोहरको समेत व्यवस्थापन भएको, कृषकले प्राङ्गारिक मलको मात्र प्रयोग गर्न थालेका र माटोमा अम्लियपना कम हुँदै गएपछि उत्पादन पनि बढ््न थालेको अध्यक्ष रोकाले बताउनुभयो । 

गाउँपालिकाले पहिलो चरणमा ४० जना किसानलाई तालीम तथा अनुदान दिई प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न लगाएको थियो । उद्योगबाट दैनिकरुपमा दुई ट्र्याक्टर मल उत्पादन हुने गरेको छ । उत्पादिन मल गाउँपालिका र जिल्लाका अन्य ठाउँका कृषकले खरीद गर्ने गरेका मङ्गला गाउँपालिकाले जनाएको छ । 

अध्यक्ष रोकाले रासायनिक मलको प्रयोगले क्षणिकरुपमा उत्पादन वृद्धि भए पनि दीर्घकालीन रुपमा माटोका उर्बरा शक्ति नष्ट गर्ने, चिस्यान धारण क्षमता घट्ने, उत्पादित बाली पूर्णरुपमा स्वस्थकर नहुने र वातावरणमा समेत नकारात्मक असर गर्ने हुँदा प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई अनिवार्य गराइएको जानकारी दिनुभयो । 

अध्यक्ष रोकाले गाउँपालिकाले ‘एक गाउँ एक उद्योग’को अवधारणासमेत लिएको बताउँदै मङ्गला गाउँपालिका जिल्लामै कृषि उत्पादनमा पकेट क्षेत्रको रुपमा समेत चिनिएकाले आयातित मललाई विस्थापित गर्ने अभियान रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै