२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

१० मंसिर २०७५, सोमबार ०५:१२

मङ्सिर १०, गलेश्वर (रासस) | कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । 

गाउँपालिकाले खेतीयोग्य जमीनको दिगो संरक्षण र स्वस्थ्यकर बाली उत्पादनका लागि किसानलाई तालीम तथा अनुदानको सुविधासहित गत वर्ष प्राङ्गारिक मल उद्योग सञ्चालन गरेको हो । एक वर्षको अवधिमा परीक्षण उत्पादनदेखि बिक्री वितरणसमेत सफल भएपछि अहिले यो उद्योगको चर्चा देशैभरि फैलिएको छ । 

प्राङ्गारिक मल उद्योगको हालै प्यूठान जिल्लाका जनप्रतिनिधिले अवलोकन भ्रमण गरेका छन् । प्यूठान नगरपालिका–४ का वडाध्यक्ष प्रकाशराज भण्डारीको नेतृत्वको एक टोलीले भ्रमण गर्दै उहाँले मङ्गलाको प्रयोग आफ्नो वडामा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यसअघि पनि नेपालका विभिन्न जिल्लाबाट मल उद्योगको अवलोकनका लागि कृषक र जनप्रतिनिधि आएका मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

मल उद्योगको स्थापनाले बजार क्षेत्रमा सड्ने फोहरको समेत व्यवस्थापन भएको, कृषकले प्राङ्गारिक मलको मात्र प्रयोग गर्न थालेका र माटोमा अम्लियपना कम हुँदै गएपछि उत्पादन पनि बढ््न थालेको अध्यक्ष रोकाले बताउनुभयो । 

गाउँपालिकाले पहिलो चरणमा ४० जना किसानलाई तालीम तथा अनुदान दिई प्राङ्गारिक मल उद्योग सञ्चालन गर्न लगाएको थियो । उद्योगबाट दैनिकरुपमा दुई ट्र्याक्टर मल उत्पादन हुने गरेको छ । उत्पादिन मल गाउँपालिका र जिल्लाका अन्य ठाउँका कृषकले खरीद गर्ने गरेका मङ्गला गाउँपालिकाले जनाएको छ । 

अध्यक्ष रोकाले रासायनिक मलको प्रयोगले क्षणिकरुपमा उत्पादन वृद्धि भए पनि दीर्घकालीन रुपमा माटोका उर्बरा शक्ति नष्ट गर्ने, चिस्यान धारण क्षमता घट्ने, उत्पादित बाली पूर्णरुपमा स्वस्थकर नहुने र वातावरणमा समेत नकारात्मक असर गर्ने हुँदा प्राङ्गारिक मलको प्रयोग गर्न किसानलाई अनिवार्य गराइएको जानकारी दिनुभयो । 

अध्यक्ष रोकाले गाउँपालिकाले ‘एक गाउँ एक उद्योग’को अवधारणासमेत लिएको बताउँदै मङ्गला गाउँपालिका जिल्लामै कृषि उत्पादनमा पकेट क्षेत्रको रुपमा समेत चिनिएकाले आयातित मललाई विस्थापित गर्ने अभियान रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य