२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिन्धुलीको जुनार: यात्रुको मुख्य कोसेली बन्दै

२०७५, ११ मंसिर मंगलवार ०८:०१

नारायण न्यौपाने | मङ्सिर ११, खनियाँखर्क, सिन्धुली | यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् । 

अघिल्लो वर्ष जिल्लामा आठ हजार ६१३ मेट्रिक टन जुनार उत्पादन भएकामा अनुकूल हावापानीका कारण यो वर्ष अझ बढ्ने अनुमान गरिएको छ । जिल्लाका रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । सिन्धुली जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ । 

जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको सङ्ख्या दुई हजार बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ । जिल्लामा एउटै बोटमा छ हजार दानासम्म फलेको रेर्कड छ । 

कलमी लगाएर तयार पारिएको बोटको तुलनामा बिज्जुबोटबाट जुनार उत्पादन बढी हुने भए पनि गुणस्तरको हिसाबले भने बिज्जुभन्दा कलमी बोटबाट उत्पादन भएको फललाई राम्रो मानिन्छ । जुनार बेचेर वार्षिक रु १० लाख बढी आम्दानी गर्ने किसानको सङ्ख्या १० भन्दा बढी रहेको छ । पछिल्लो समय देशकै प्राथमिकताको फलफूल बालीको सूचीमा जुनार परेको छ । सिन्धुलीलाई अहिले जुनारको पहिचान थपिएको छ । 

जिल्लामा ३६ वटा जुनार सहकारी सञ्चालनमा रहेकोमा दुई वटाले उत्पादित जुनार प्रशोधन गरेर जुस, स्क्वास, जेलीजस्ता वस्तु उत्पादन गर्दै आएको जुनार उत्पादन जिल्ला सहकारी सङ्घ सिन्धुलीका अध्यक्ष निर्मल रम्तेलले जानकारी दिनुभयो । 

बजारमा गुणस्तरीय जुनार प्रतिकिलो रु ८० मा बिक्री हँुदैआएको छ । किसानले यस पटक प्रतिकिलो रु ५० सम्म हात पारेका छन् । पातलो बोक्रा र सुनौलो रङको जुनारलाई गुणस्तरीय मानिन्छ । जिल्ला सदरमुकामस्थित बसपार्क क्षेत्र र यहाँस्थित अधिकांश पसल जुनारले पहेँलपुर देखिन्छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले जिल्लामा एक हजार ३२५ हेक्टर क्षेत्रमा व्यावसायिकरूपमा जुनार खेती हुँदै आएको जानकारी दिनुभयो । कात्तिक १५ बाट टिप्न शुरु गरिए पनि मङ्सिरको पहिलो सातादेखि मध्य पुससम्मको अवधि जुनारको उत्पादन टिप्ने हिसाबले उपयुक्त समय मानिन्छ । 

तिनकन्याका कृषक लोकबहादुर आलेले आफ्नो बगैँचामा ५०० को हाराहारीमा रहेको जुनार र सुन्तलाको बोटबाट वार्षिक रु १० लाख मूल्य बराबरको फल उत्पादन हुने गरेको जानकारी दिनुभयो । सात सयदेखि एक हजार २०० मिटर उचाइसम्मको हावापानीमा जुनार खेती फस्टाउने विज्ञ बताउँछन् । 

सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुङ्गा, भोजपुर, धनकुटा र रामेछापमा व्यावसायिकरूपमा जुनार खेती विस्तार हँुदै गएको छ । सिन्धुली जिल्लामा अहिले वार्षिकरूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ । 

उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हँुदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ । दुई हजार एकसय घरधुरी व्यावसायिक र सङ्गठित रूपमा जुनार खेतीमा संलग्न रहेको आङ्कडा रहेपनि थप करिब एक हजारको सङ्ख्यामा कृषकले यसको खेती गरेको बताइएको छ । सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिकरूपमा जुनार खेती हँुदैआएको छ । 

पछिल्लो समय विभिन्न सङ्क्रमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने हो कि भन्ने त्रास फैलिएको छ । सङ्क्रमणबाट उत्पादित फल मध्ये झण्डै ३० प्रतिशत खेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । “विगत दुई÷तीन वर्षयता फल कुहिने समस्या देखिएको छ, त्यसको व्यवस्थापनका लागि उपलब्ध प्रविधिको प्रयोगसँगै जुनार कृषक केन्द्रित सचेतना कार्यक्रम निकै फलदायी देखिएको छ”, सुपरजोन सिन्धुलीका प्रमुख अधिकारी बताउनुहुन्छ । 

काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ । खनियाँखर्कमा केही बेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाँै र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ