2026-08-25 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विधार्थी आफै तरकारी बेच्न बसेपछी…

चिसाङ शेर्पा | मंसिर २२, खोटाङ | सरस्वती मावि दिक्तेलका शिक्षक काजी खतिवडा बिहानै शनिबारे हाटमा किनमेलका लागि दिक्तेलस्थित हाँटडाँडामा पुगे । हटियाको वातावरण देखेर उनी चकित भए । किन आज बजारमा चहलपहल बढी ? यो उनको मनमा उब्जेको प्रश्न थियो । बुधबार र शनिबार लाग्ने हाटमा अन्य समयमा खाशै मान्छेको भीड नहुने सोचाईले हाटियामा पुगेका उनी दंग पर्नु स्वभाविक नै थियो ।

अन्य समयभन्दा फरक देखिएको हटियामा उनीजस्तै धेरैको मनमा प्रश्न उठेको थियो । मान्छेको भीड किन धेरै ? पछि बुझ्दै जादा त्यहाँ बिल्कुलै नयाँ र पृथक बजार लागेको थियो । बजारको दायाँबायाँ हातमा प्लेकार्ड बोकेका विधार्थीको घुईचो थियो । ‘उद्धमी बनौं कृषि उत्पादनमा बृद्धि गरौं, पहेली मकैको च्याख्ला विक्री कक्ष, किन्नेलाई होईन, बेच्नेलाई सम्मान गरौं लगायतका प्लेकार्ड बजारका विभिन्न स्थानमा विधार्थीको हातमा त, कही डालीहरुमा राखिएका देखिन्थे । यो सवै दृश्य दिक्तेलको हाँटडाँडामा लाग्ने शनिबारे हटियाको थियो ।

स्थानीय सरकारपछि वडा शिक्षा समिती निर्माण गरेर शिक्षामा आमूल परिवर्तन गराउन दिनरात लागेका लफ्याङका पाँच विद्धालयका विव्यास पदाधिकारी, शिक्षक, विधार्थीहरुको प्रगतीमा सबै दंग थिए । शैक्षिक क्यालेण्डर अनुसार चल्ने गरेका श्रीमावि वासवोटे, जनचेतना आधारभूत विद्धालय, वालवालिका प्रावि बरडाँडा, सालपीदेवी प्रावि खर्कडाँडा र शारदा प्रावि दोरुमका शिक्षक र विधार्थीहरु कोही बजारमा आफ्नै विधार्थीले उत्पादन गरेका कृषि उपज सामग्री खरिद गर्न आएका थिए त कोही । कृषि उपज सामग्री बेच्न ।

श्रीमावि वासवोटेमा कक्षा १० मा अध्ययनरत उज्ज्वल राई बजारको एक साईडमा आफूले परिश्रम गरी फलाएको झोलाभरी लप्सी राखेर सय रुपैयाँ केजीमा विक्री गर्दै थिए । सोही विद्धालयमा कक्षा ११ मा अध्ययनरत छात्रा उर्मिला श्रेष्ठ बुबासँग मिलेर बनाएको माटोका भाडाहरु गमला, बुछालु, हाँडी, घपनी मटियाको पसल थापेर बसेकी थिईन् । सोही विद्धालयका कक्षा ६ मा अध्ययनरत सुशिला राईले केरा, रमिला दुलालले अमला र  कक्षा १० मा अध्ययनरत छात्रा सिर्जना कट्वालले सुन्तला, कागती, मुला, लौका, घिउ र हाडजोडा विक्री गरिरहेकी थिईन् । किन्ने ग्राहक उतिकै हर्षित देखिन्थे । सधै रसायनिक पदार्थ मिसिएको खाद्यन्न खादै आएका बजारवासीहरुले अर्गानिक कृषिजन्य वस्तुहरु किन्न पाउदा खुलेरै प्रशंसा गरे । 

यस्तै,  जनचेतना आधारभूत विद्धालयका शिक्षक जीबन वास्तोला भुई स्याउ, भोक्से, दही, तरुल, कागती विक्री गरिरहेका थिए । किन्ने ग्राहक त्यतिनै आईरहेका थिए । उनीहरुजस्तै सयौको उपस्थितीमा विधार्थीहरुले कृषि उपज सामग्री बजारमा बसेर विक्री गरिरहेका थिए । शैक्षिक क्यालेण्डर अनुसार पठनपाठन र अतिरिक्त क्रियाकलाप गर्दै आएका ति पाँच विद्धालयका कक्षा ४ देखी माथिका विधार्थीहरुले गएको भदौ १ गते आ–आफ्नै घरमा करेसावारी निर्माणगरी सिजन अनुसार विभिन्न फलफुल, तरकारी खेती उत्पादनगरी बजारमा आएका विधार्थीले उत्पादन गर्न मात्रै सिकेनन्, उत्पादनपछि कहाँ लगेर विक्री गर्ने भन्ने शिक्षा पनि सिके । पाँच विद्धालयका झण्डै सय जना बढी विधार्थीले अर्गानिक ६० किसिमका कृषिजन्य बस्तुहरु विक्रीका लागि बजारमा ल्याएका थिए ।

विधार्थीलाई कसरी बिक्री वितरण गर्ने र शिक्षा सुधारका लागि विधार्थीलाई बजारमै ल्याएर शिक्षा दिने कोशिष गरिएको श्रीमावि वासवोटेका विव्यास अध्यक्ष राजेन्द्र राईले बताए । नेपालमा हाल दिइरहेको शिक्षा दश प्रतिशत मात्रै जीबन उपयोगी भएको र यस्तो शिक्षाले विधार्थीलाई बाँच्न सिकाउने भएकाले वडाभीत्रका विद्धालयमा शैक्षिक क्यालेण्डर लागू गरी शिक्षालाई व्यवसायिक बनाउन खोजिएको वडा शिक्षा समिति संयोजक तथा वडाअध्यक्ष निर्मल राईले बताए । हामीले शिक्षामा आमूल परिवर्तन ल्याउन खोजिरहेका छौ उनले भने,‘ विधार्थीले उत्पादन गरे मात्रै पनि हुन्न । बेच्न लजाउने, किन्न जादा खुशी हुने आद्धत अन्त्य गर्नुुपर्छ । अनि मात्रै हामीले दिन खोजेको शिक्षा जिबनमुखी बन्छ ।’

यस शैक्षिक सत्रबाट शैक्षिक क्यालेण्डर लागू गरी शिक्षामा फड्को मारिरहेका ति विद्धालयहरुको उद्देश्य अर्गानिक खेतीबाली उत्पादनलाई प्रोत्साहन, रसायनिक वस्तुहरुलाई निरुत्साहन भन्ने छ । उत्पादनमुखी र व्यवसायीमुखी हुनका लागि वार्षिक कार्ययोजना तयार गरी अगाडी बढीरहेको विद्धालयले ब्यावहारिक शिक्षा दिने कसरत गरिरहेका छन् । विधार्थीहरुले उत्पादन गरेको कृषि उपज सामग्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले किनेका थिए । पाँच दिनका लागि खोटाङ आएका डा. भट्टराईले चुक, तरकारी लगायत किनेका हुन् । खाल्लेको नाहिमा स्रोत केन्द्रमा बन्दै गरेको बोटानिकल गार्डेनको अनुगमनपछि हाँटडाँडामा आएका डा.भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दैै लोकतन्त्र, गणतन्त्रलाई टेकेर छोटो समयमा देश बिकासमा लाग्नुपर्ने बताए । 

माथिको तश्वीरमा: आफैले उत्पादन गरेको कृषि उपज सामग्री विक्री गर्नका लागि वसेका विधार्थी । तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन