२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पुर्व प्रधानमन्त्री डा. भट्टराईलाई कृषि उपज सामग्री उपहार

२०७५, २२ मंसिर शनिबार १६:३७

चिसाङ शेर्पा | मंसिर २२, खोटाङ | पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई मकैको च्याख्ला, कोदोको पिठो र गुन्द्रुक उपहार दिइएको छ । वडा शिक्षा समिति लफ्याङले शैक्षिक क्यालेण्डर अनुसार गरेको कृषि उपज सामग्री बिक्री कार्यक्रमका अवसरमा अर्गानिक खेतीबाली उत्पादनलाई प्रोत्साहन, रसायनिक वस्तुहरुलाई निरुत्साहन गराउन सन्देश फैलाउनका लागि डा. भट्टराईलाइ अर्गानिक कृषि उपज सामग्री प्रदान गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभीत्रका १५ वडामध्ये शिक्षामा सबैभन्दा अब्बल र फरक ढंगले शिक्षामा फड्को मार्दै अगाडी बढीरहेको वडा शिक्षा समितिले शनिबार बिहान दिक्तेलस्थित हाँटडाँडामा विधार्थीहरुका लागि गरेको कृषि सामग्री बिक्री कार्यक्रममा वडाध्यक्ष निर्मल राई, श्रीमावि वासबोटेका प्रअ जसराज किराती र विव्यास अध्यक्ष राजेन्द्र राईले १÷१ केजी कृषि उपज सामग्री डा.भट्टराईलाई दिएका हुन् । उत्पादनूखी र व्यवसायीमूखी शिक्षातर्फ विधार्थीलाई ध्यानाकर्षण गराउन वार्षिक कार्ययोजना तयारगरी सञ्चालन भइरहेको श्रीमावि वासवोटे, जनचेतना आधारभूत विद्धालय, वालवालिका प्रावि बरडाँडा, सालपीदेवी प्रावि खर्कडाँडा र शारदा प्रावि दोरुमका विधार्थीले उत्पादन गरी बजारमा ६० किसिमका कृषि उपज वस्तु बिक्रीका लागि ल्याएका थिए । 

शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार गएको भदौ १ गते आ–आफ्नो घरमा करेसावारी निर्माणगरी सिजन अनुसार उत्पादन गरेका कृषि उपज सामग्रीहरुसहित शनिबारे हाटमा भेला गराएर विधार्थीलाई कसरी बिक्री वितरण गर्ने र शिक्षा सुधारका लागि विधार्थीलाई बजारमै ल्याएर शिक्षा दिने कोशिष गरिएको श्रीमावि वासवोटेका विव्यास अध्यक्ष राजेन्द्र राईले बताए । नेपालमा हाल दिइरहेको शिक्षा दश प्रतिशत मात्रै जीबन उपयोगी भएको र यस्तो शिक्षाले विधार्थीलाई बाँच्न सिकाउने भएकाले वडाभीत्र शैक्षिक क्यालेण्डर लागू गरी शिक्षालाई व्यवसायिक बनाउन खोजिएको वडा शिक्षा समिति संयोजक तथा वडाअध्यक्ष निर्मल राईले बताए । हामीले शिक्षामा आमूल परिवर्तन ल्याउन खोजिरहेका छौ उनले भने,‘ विधार्थीले उत्पादन गरेर मात्रै पनि हुन्न । बेच्न लजाउने, किन्न जादा खुशी हुने आद्धत अन्त्य गर्नुपर्छ । अनि मात्रै हामीले दिन खोजेको शिक्षा जिबनमुखी बन्छ ।’

पाँच महिनाको अवधिमा विधार्थीहरुले हर्रो, अमला, गुन्द्रुक, सिन्कि, खुर्सानी, टमाटर, गाँजा, भुइकटहर, केरा, ग्राउन एपल, भोक्से, दही, तरुल, सुन्तला, कागती, मुला, काउली, लौका, घिउ, हाडजोडा उत्पादन गरी बिक्रीका लागि ल्याएका थिए । यस्तै गमला, बुछालु, हाँडी, घपनी, मट्या लगायत माटोका भाडाहरु बिक्रीका लागि बजारमा ल्याएका थिए । 

देश बिकासमा लाग्नुपर्छ डा. भट्टराई

सारा नेपाली छोटो समयमा देश बिकासमा लाग्नुपर्ने पुर्व प्रधानमनत्री डां बाबुराम भट्टराईले बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तपछि देश सार्वभौम भएको उल्लेख गर्दै अव, प्राप्त लोकतन्त्र, गणतन्त्रलाई टेकेर छोटो समयमा देश बिकासमा लाग्नुपर्ने बताएका हुन् । शुभद्रा– मदन फाउण्डेसनले संञ्चालन गरिरहेको शुभम फाउण्डेसनको अध्ययन अवलोकन गर्नका लागि पाँच दिन खोटाङ आएका उनले कांग्रेस, कम्युनिष्ट, नयाँ शक्ति, फोरम नभनी देशलाई गरिवी र बेरोजगारी मुक्त गराउनमा सबै एकजुट भई लाग्नुपर्ने बताएका हुन् ।

वडा शिक्षा समिति लफ्याङले गरेको प्रगतीमा हौसला थप्दै डा. भट्टराईले परम्परागत निर्वाहमुखी खेती प्रणालीमा आधारित अर्थतन्त्र भएको उल्लेख गर्दै ‘हाम्रा छोराछोरीलाई देशमा रोजगारी दिन सकिएन । र हाम्रो युवायुवतीलाई बाध्यताबस फेरी कतार, मलेसियातिर धपाउन बाध्य भएका छौ ।’ त्यसको अन्त्य कसरी गर्ने । गाउँघरमा अब युवा बस्ने स्थिती छैन ।  शहर जान्छ, त्यहाँ पनि रोजागरी पाउदैन । हाम्रा गाउँघरमा खेतीपाती गर्ने जमिनहरु बाझो बन्दैछ । हाम्रो युवाहरु बेरोजगारी बन्दैछ । यो भन्दा ठूलो बिडम्बना के हुन सक्छ । नयाँ शक्तिका संयोजक भट्टराईले प्रश्न गरे । त्यसैले छिटोभन्दा छिटो हामीले फेरी एउटा नयाँ बिमर्श सुरु गर्नुप¥र्यो, अर्को एउटा जनताको जीबनस्तर उकास्ने क्रान्ती, आर्थिक, सामाजिक फेर्ने क्रान्ती, तपाई हाम्रो मानसिकता, हिनताबोधले ग्रसित मानसिकता, पछाडी छौ भन्ने मानसिकता त्यागेर नेपाल पनि २१ औ शताब्दीमा संमृद्ध बन्न सक्छ, बिश्वका सबभन्दा धनी मुलुकमा नेपाल बन्न सक्छ भन्ने अठोट लिएर जीबनस्तर उकास्ने क्रान्ती ल्याउनुपर्ने बताए ।


वडाध्यक्ष निर्मल राईबाट मकैको च्याख्ला ग्रहण गर्दै पुर्व प्रधानमन्त्री डा.भट्टराई । तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा