२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बुवाको पेशालाई निरन्तरता दिएँ – जिबराज

२०७५, ११ पुष बुधबार ०९:३७

चिसाङ शेर्पा | पुस ११, खोटाङ | मलेसियामा धान र फलफुल खेती हेरेपछि, अब म पनि नेपाल गएर फलफुल खेती गर्छु भनेर केरा खेतीमा लागे अहिले राम्रो आम्दानी छ । २०७१ सालदेखी व्यवसायिक रुपमा केरा खेती गर्दै आएका जिबराज पोखरेलले आफ्नो कृषि पेशा सुनाए । बुढ्यौलीपनले पछ्यादै गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका पोखरेलको दैनिकी केराको बगैचामा हुने गर्छ । 

२०२७ पुस २९ गते बिजयखर्क भैरमपुर बेशीमा जन्मिएका उनले औपचारिक शिक्षा चम्पावती प्राविबाट २०३२ सालबाट सुरु गरेका हुन् । २०४३ सालमा प्रबेशिका परिक्षा उतिर्णगरी उच्च शिक्षाका लागि उनी रत्नराज्य क्याम्पस काठमाण्डौमा गए । पढ्ने क्रममै उनले अमेरिकन दुतावासमा जागिर पाएका थिए । ९ वर्ष आन्तरिक सुरक्षा डिपार्टको सुपरभाइजरको जागिर खाए । तत्कालिन माओवदीको पर्चा, पम्प्लेट प्रचारप्रसार गरेको आरोपमा उनलाई जागिरबाट निकालियो । दुतावासको नियम कानुन अनुसार त्यहाँ जागिर खाएकालाई डेम्लोमेटिक सुरक्षा तालिम दिएर बाहिरी मुलुकमा काम गर्नका सिफासिर दिने चलन अनुसार उनले युएईका सातै राष्ट्रमा जागिर पनि खाए ।

जागिरकै शिलसिलामा उनले बहराइन, मलेसिया, इन्डोनेशिया, सिंगापुर घुम्न भ्याए । मलेसियाको फलफुल खेती देखेर नै उनले आफ्नो १० रोपनी जग्गमा केरा खेती गरेका छन् । स्थानीय जनएकता कृषक समुहका अध्यक्ष समेत रहेको पोखरेलले ब्यक्तिगत बाहेक १० रोपनीको अलवा समुहगत रुपमा २५ रोपनीमा केरा खेती लगाएको छ । केरा खेती गर्नुमा मलेसियापछि उनलाई आफ्नो बुबाको पनि प्रेरणा छ । स्व. नारायण प्रसाद पोखरेल मेरो बुबा हुनुहुन्थ्यो । उहाँ प्रधानपञ्च भएको बेलामा गाउँ डुल्दा केरा खेती देखेको र पछि आफैले सुरु गरेको पेशा अहिले छोरामा सरेको हो । वास्तवमा भन्नुपर्दा, ‘परापुर्वक कालदेखी बुवाले गर्दै आएको पेशा नै मैले अंगालेको हो ।’


२०७१ सालदेखी व्यवसायिक रुपमा केरा खेतीलाई लानुपर्छ भनेर आफू लगायत टोलछिमेकमा सरसल्लाह गर्दै दुइ रोपनीबाट परिक्षण गरेको केरा खेती हाल १० रोपनीमा पुगेको छ । उनको बगैचामा केरा बाहेक लिची ५० बोट, आँप ५० बोट र केराको झ्याङ थप्ने काम भईरहेको छ । राम्रो बजार नभएकाले डोकोमा बोकेर पञ्चरेदोबाटो र दिक्तेलबजारमा लगेर केरा बिक्री गर्नुपर्ने बाध्यता छ । बर्षादको सिजनमा सडक र जनशक्ति अभावका कारण आप, केरा, लिची तथा अन्य फलफुल त्यतिकै कुहिएर जाने उनले बताए । हाल उनले केरा खेतीबाट मात्रै बार्षिक ५० हजार आम्दानी गरिरहेको छ । 

बिजयखर्कलाई भर्खरै नगरपालिकाले केरा पकेट क्षेत्र घोषणा गरियता पनि भैरमपुर बेशीलाई छुट्याई व्यवसायिक केरा खेती नहुने स्थानलाई प्राथमिकता दिएकोमा उनी खेद प्रकट गर्छन् । जहाँ व्यवसायिक रुपमा केरा खेती नै छैन । त्यसलाई केरा पकेट क्षेत्र घोषणा गरिन्छ । उनले भने, ‘केरा पकेट क्षेत्र घोषणा गरिएको कोठेबारीमा २/३ झ्याङ मात्रै केरा देख्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु