2026-09-16 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

२९ जना किसान पुरस्कृत

चिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङमा २९ जना किसान पुरस्कृत भएका छन् । जिल्लामा रहेर व्यवसायीकरुपमा कृषि पेशा अपनाउँदै आएका किसान पुरस्कृत भएका हुन् । शनिबार दिक्तेलमा सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, आलु बाली, माछा, तेलहन÷दलहन÷नगदे बाली र विबिध बाली समुहका उत्कृष्ट किसानलाई छनौट गरेर पुरस्कृत गरिएको हो । 

खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी प्रथम, दिक्तेलका अम्बीका आचार्य दोश्रो र सोल्माका यामकुमार श्रेष्ठले तेश्रो, फलफुलतर्फ याम्खाका रामबहादुर कुँवर प्रथम, बिजयखर्कका जीवराज पोखरेल दोश्रो र बुईपाका सुमन राई तेश्रो, आलुबालीतर्फ खाल्लेका केदार कट्वाल प्रथम, खाल्लेकै उषा राई दोश्रो र दिक्तेलका बिकास आचार्य तेश्रो पुरस्कार प्राप्त गरेका छन् । यस्तै, ८ जना किसानलाई जनही एक हजारका दरले प्रोत्साहन पुरस्कार र ३७ वटा स्टललाई प्रति स्टल दुई हजार पाँच सयका दरले प्रदर्शनी पुरस्कार प्रदान गरिएको थियो ।

कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा प्रथम, दोश्रो र तेश्रो भएका किसानलाई क्रमशः जनही ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपयमेर बिणादेबी राई लगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको छ ।  यस्तै, कृषि मेला प्रदर्शनीकै अवशरमा दिक्तेल रुपाकोट नगरपालिकाभित्रका उत्कृष्ट किसानलाई सम्मान गरिएको छ । २०४४ सालदेखि व्यवसायीकरुपमा अदुवा खेती गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ६९ वर्षीय किसान सुरमान राईलाई सम्मान गरिएको हो । नगरपालिकाको बार्षिक कार्यक्रम अनुशार अदुवा किसान राईलाई नगद २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ ।

फलफुलतर्फ दोश्रो भएका बिजयखर्कका जीवराज पोखरेललाई पुरस्कार प्रदान गर्दै नगरप्रमुख दिपनारायण रिजाल | तस्विर: चिसाङ शेर्पा हिटा   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल