2026-09-08 02:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भेडा, बाख्रापालन ब्याबसायमा महिलाको आकर्षण

नन्द बहादुर रोकाया | पुस १५, मुगु | मुगु जिल्लको पश्चिम खत्याड गाउँपालीकामा भेडा बाख्रा पालन ब्याबसायगर्ने महिलाको आकर्षण बढ्दो क्रममा रहेको पाईएको छ । आम्दानिको अन्य विकल्प नभए पछी  महिला हरु भेडा बाख्रा पालन लाई मुख्य पेशाका रुपमा अगांलेर यो ब्याबसायमा लागेका हुन । 

गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा किर्डाक नेपाल मुगुद्धारा सञ्चालीत आर्यआजन कार्यक्रम अन्तरगत घुम्ती कोष परिचालन मार्फत महिला लाई क्रण दिन थाले पछी महिला हरु यो ब्याबसायमा लागेको महिलाहरु बताउछन । बेरोजगारी संगै परिवार पाल्नकै लागी पुरुषहरु  अधिकांस भारत जाने गरेका र महिलाहरु भेडापालन ब्याबसायमा लागेका खत्याडगाउँपालीका वडा नं ५ कि होईजाली रोकायाले बताईन । 

आफनो ६ जनाको परिवार रहेको बताउदै होजाईलीले भनिन् दुई छोरा , धन कमाउन भारत गहेका छन । आफ्ले आम्दानिको लागी बाख्रापालन ब्याबसाय रोजे यो ब्याबसाय राम्रै भएकोमा होजालीलले खुसी ब्यक्त गरिन । घुम्तीकोष मार्फत सहकारी बाट ४० हजार क्रण लिईएको र १७ हजार अनुदान पाएको बताउदै होजालीले  शुरुमा १० बाख्रा किनेको बताईन । अहिले आफु संग  २५ बाख्रा रहेका र पहिलो किस्ता बाफको २० हजार बाख्रा बेचेर फिर्ता गरेको उनको भनाई छ । यस्तै ब्याबसाय गरेका खत्याडमा धेरै महिला छन । जो खुसी र सुखीका साथ यो ब्याबसायमा लागी परेका छन ।  खत्याड गाउँपालीका सोहि वडाकि  जौकला रोकायाले पनी घुम्ती कोष मार्फत भेडा पालन गरेकि छन । 

उहाँले पनी घुम्तीकोष मार्फत ४० हजार क्रण लिईएको र १७ हजार अनुदान पाएको बताउदै जौकलाले भेडापालन ब्याबसाय गरेको बताईन ।  शरुमा ८ वठा भेडा किनेको  र अहिले १४ वडा भेडा रहेको उनको भनाई छ । यो ब्याबसाय अंगाले संगै दैनिक घरखर्च सञ्चालन गर्न  र छोरा छोरी लाई कापि कलम किन्न  सहज भएको जौकलाले बताईन । 

खत्याड गाउँपालीकामा घुम्तीकोष सहकारी मार्फत क्रण लिई भेडा,बाख्रापालन खुद्रा पसल, कुखुरापालन लगायत अन्य ब्याबसाय गर्ने धेरै छन । उहाँको जिवनमा यस्ता कार्यक्रमले जिवन परिर्वतन गरेको किर्डाक नेपाल मुगुका लघुउद्यम बिकास अधिकृत जगत भामले बताए । 

उनका अनुसार आर्थिक अबस्था कमजोर भएका स्थानीय लाई आर्यआर्जन गर्न सहज होस भन्ने उदेश्यले आफनो संस्थाहरुले स्थानीय सहकारीहरु लाई घुम्तीकोष सहयोग गरी सहकारी मार्फत क्रणलिने ब्याबस्था भएकाले आर्यआजानक गर्न ईच्छुक जोकोहिले त्रृmण लिन सक्ने, अधिकृत भामको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता