२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दमकलाई कुखुरापालनको नगरी बनाइने

२०७५, १६ पुष सोमबार ११:००

यज्ञराज आङदेम्बे  पुस १६, दमक (रासस) : प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिव २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू रहेका छन् । लियर्सको सङ्ख्या आठ लाख र ब्रोइलर्स करीब १२ लाख भएको सङ्घको अनुमान छ । 

तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पोल्ट्री फार्म अधिक रहेको र ती फार्ममा करिव २५ सय किसानहरू व्यावसायिकरूपमा आबद्ध रहेको सङ्घका प्रदेश संयोजक माधव पराजुलीले जानकारी दिनुभयो । ती फर्ममा किसान बाहेक करीब एक हजार बढीले प्रत्यक्ष रोजगारी समेत पाएको उहाँले वताउनुभयो । फार्ममा करीब रु दुई अर्बको लगानी रहेको अनुमान छ । उहाँले भन्नुभयो, “पोल्ट्री व्यवसायमा बजारीकरण बढेसँगै लगानीसमेत बढ्दै गएको छ ।” 

पोल्ट्रीबाट दैनिक उत्पादित उपभोग्य बस्तु स्थानीयदेखि काठमाडौँसम्म निर्यात हुँदैआएको छ । सबै यहाँका वजारमा खपत नहुने भएकाले काठमाडौँका ठूला पोल्ट्री फार्मसम्म बजारीकरण गर्नुपरेको दमकका व्यवसायी समेत रहनुभएका सङ्घका प्रदेश संयोजक पराजुलीले बताउनुभयो । 

पछिल्लो समय पोल्ट्री व्यवसायलाई राज्यले समेत प्रर्वद्धन गर्दैआएपछि यस्ता व्यवसाय फस्टाउँदै गएको स्वयं व्यवसायीहरूको धारणा छ । झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले अण्डा तथा कुखुरा उत्पादनले झापा आत्मनिर्भर बन्दै गएकोे बताउनुभयो । कुखुराको मासुमा आत्मनिर्भर भएपनि अस्वस्थ प्रतिस्पर्धाले सिङ्गो व्यवसायमा उत्तिकै चुनौती भएको उहाँको भनाइ छ । 

दमकलाई पोल्ट्री उद्योगको सम्भावना भएको नगरीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ पोल्ट्री उद्योगीहरूले चासो देखाएका हुन् । दमकलाई पोल्ट्री उद्योग नगरीका रूपमा विस्तार गर्न यहाँका व्यवसायीहरू जुटेको पराजुलीले बताउनुभयो । उहाँले पोल्ट्री उद्योगको दोस्रो राजधानी बनाउन पूर्वाधार निर्माणको काम धमाधम भइरहेको जानकारी दिनुभयो । 

दमकमा १० ठूला पोल्ट्री उद्योग छन् भने साना किसिमका दुई दर्जन उद्योग सञ्चालनमा रहेका छन् । ठूला उद्योगमा करीब १० हजार कुखुरा रहेका छन् । त्यस्तै, दमकमा पोल्ट्री उद्योगसँगै एक सुविधासम्पन्न प्रशोधन भण्डारण केन्द्र, १० वटा दाना उद्योग, छ वटा ह्याचरी उद्योग सञ्चालित छन् । प्रशोधन भण्डारण स्थापना भएपछि झापा, मोरङ र सुनसरीका पोल्ट्री व्यवसायीहरूले सुविधा पाएका छन् । 

वर्षदिन अघि सञ्चालनमा आएको उक्त भण्डारण केन्द्र करीब रु पाँच करोडको लगानीमा स्थापना भएको हो । भण्डारण कक्षको क्षमता १६ टन रहेको छ । भण्डारण कक्षमा आवश्यक मापदण्ड पूरा गरेर मासु चिस्यान गरिआएको सञ्चालक पराजुली बताउनुहुन्छ । प्रशोधनसहितको भण्डारण केन्द्रले यहाँका कुखुरापालकका उपभोग्य मासु समेत खरिद गर्ने र चिस्यान गरिएका कुखुरा काठमाडौँसम्म निर्यात गर्दैआएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै