२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दमकलाई कुखुरापालनको नगरी बनाइने

१६ पुष २०७५, सोमबार ११:००

यज्ञराज आङदेम्बे  पुस १६, दमक (रासस) : प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिव २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू रहेका छन् । लियर्सको सङ्ख्या आठ लाख र ब्रोइलर्स करीब १२ लाख भएको सङ्घको अनुमान छ । 

तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पोल्ट्री फार्म अधिक रहेको र ती फार्ममा करिव २५ सय किसानहरू व्यावसायिकरूपमा आबद्ध रहेको सङ्घका प्रदेश संयोजक माधव पराजुलीले जानकारी दिनुभयो । ती फर्ममा किसान बाहेक करीब एक हजार बढीले प्रत्यक्ष रोजगारी समेत पाएको उहाँले वताउनुभयो । फार्ममा करीब रु दुई अर्बको लगानी रहेको अनुमान छ । उहाँले भन्नुभयो, “पोल्ट्री व्यवसायमा बजारीकरण बढेसँगै लगानीसमेत बढ्दै गएको छ ।” 

पोल्ट्रीबाट दैनिक उत्पादित उपभोग्य बस्तु स्थानीयदेखि काठमाडौँसम्म निर्यात हुँदैआएको छ । सबै यहाँका वजारमा खपत नहुने भएकाले काठमाडौँका ठूला पोल्ट्री फार्मसम्म बजारीकरण गर्नुपरेको दमकका व्यवसायी समेत रहनुभएका सङ्घका प्रदेश संयोजक पराजुलीले बताउनुभयो । 

पछिल्लो समय पोल्ट्री व्यवसायलाई राज्यले समेत प्रर्वद्धन गर्दैआएपछि यस्ता व्यवसाय फस्टाउँदै गएको स्वयं व्यवसायीहरूको धारणा छ । झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले अण्डा तथा कुखुरा उत्पादनले झापा आत्मनिर्भर बन्दै गएकोे बताउनुभयो । कुखुराको मासुमा आत्मनिर्भर भएपनि अस्वस्थ प्रतिस्पर्धाले सिङ्गो व्यवसायमा उत्तिकै चुनौती भएको उहाँको भनाइ छ । 

दमकलाई पोल्ट्री उद्योगको सम्भावना भएको नगरीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ पोल्ट्री उद्योगीहरूले चासो देखाएका हुन् । दमकलाई पोल्ट्री उद्योग नगरीका रूपमा विस्तार गर्न यहाँका व्यवसायीहरू जुटेको पराजुलीले बताउनुभयो । उहाँले पोल्ट्री उद्योगको दोस्रो राजधानी बनाउन पूर्वाधार निर्माणको काम धमाधम भइरहेको जानकारी दिनुभयो । 

दमकमा १० ठूला पोल्ट्री उद्योग छन् भने साना किसिमका दुई दर्जन उद्योग सञ्चालनमा रहेका छन् । ठूला उद्योगमा करीब १० हजार कुखुरा रहेका छन् । त्यस्तै, दमकमा पोल्ट्री उद्योगसँगै एक सुविधासम्पन्न प्रशोधन भण्डारण केन्द्र, १० वटा दाना उद्योग, छ वटा ह्याचरी उद्योग सञ्चालित छन् । प्रशोधन भण्डारण स्थापना भएपछि झापा, मोरङ र सुनसरीका पोल्ट्री व्यवसायीहरूले सुविधा पाएका छन् । 

वर्षदिन अघि सञ्चालनमा आएको उक्त भण्डारण केन्द्र करीब रु पाँच करोडको लगानीमा स्थापना भएको हो । भण्डारण कक्षको क्षमता १६ टन रहेको छ । भण्डारण कक्षमा आवश्यक मापदण्ड पूरा गरेर मासु चिस्यान गरिआएको सञ्चालक पराजुली बताउनुहुन्छ । प्रशोधनसहितको भण्डारण केन्द्रले यहाँका कुखुरापालकका उपभोग्य मासु समेत खरिद गर्ने र चिस्यान गरिएका कुखुरा काठमाडौँसम्म निर्यात गर्दैआएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य