२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अधिकृतको जागिर छाडेर गाईपालन

२०७५, १७ पुष मंगलवार ०९:५९

 पुस १७,कनचन्पुर (रासस) |  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । 

जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ । 

गाई दुहुन मात्रै दुई कामदार आवश्यक पर्दछ । उहाँले भन्नुभयो, “मेशिन ल्याएपछि एकै छिनमा गाई दुहुन सकिन्छ ।” गाईको दूध दुहेपछि बजार लैजान ढिलाइ भए भण्डारण गर्न ‘चिलिङभ्याट’ मेशिनसमेत उहाँले राख्नुभएको छ । आधुनिक तरिकाले गाईपालनमा लागेका धानुकको फार्ममा अहिले १० वटा जर्सी र होलेस्टेन जातका गाई छन् । उन्नतजातका गाई भने भारतबाट खरीद गरेर ल्याइएको हो । 

नेपाल चेम्बर अफ कमर्शमा वित्त प्रशासन अधिकृतको जागीर छाडेर गाईपालनमा लागेको धानकले भन्नुभयो, “जागीर गरे गनेको पैसा मात्र हुन्छ, स्वरोजगार भई मिहेनत गरेअनुरुपको आम्दानी गर्न सकिने भएकाले गाईफार्मलाई रोजेको हु ।” व्यावसायिक बनेर उद्यमशील हुने र अरुलाई पनि रोजगारी दिन सकिने भएकाले गाईफार्म सञ्चालन गरेको उहाँले बताउनुभयो । गाईको चारो काटने, खुवाउने, दूध दुहुने र गोबर सोहर्ने कार्यमा उहाँ बिहानैदेखि साँझसम्म खट्नुहुन्छ । 

गाई फार्म राखिएको जग्गा भने उहाँको स्वामित्वको होइन । वर्षको रु एक लाख १४ हजार तिर्ने गरी तीन बिघा जग्गा भाडामा लिनुभएको छ । सो जग्गामा फार्मका संरचनासँगै घाँस खेतीसमेत गर्नुभएको छ । फार्ममा पालिएका गाईले हाल दैनिक ४० लिटर दूध दिँदै आएका छन् । उहाँले भन्नुभयो, “दुई महीनाभित्रै छ वटा गाई ब्याउने भएकाले दूध उत्पादन बढेर १५० लिटर पुग्ने छ ।” अझै २० वटा दुधालु गाई थप्ने योजना उहाँको छ ।

“दूध जति उत्पादन गरे पनि बजारको समस्या छैन सहजै स्थानीय बजारमा खपत हुन्छ”, उहाँले भन्नुभयो । दूध बिक्रीका लागि दुग्ध विकास संस्थानसँग समेत सहकार्य भएकाले बिक्रीको चिन्ता नरहेको उहाँले बताउनुभयो । 

फार्म खोलेर दुग्ध उत्पादनमा लागेका व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने हुन्छ उहाँले भन्नुभयो, “व्यवसायीलाई दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगसँगै गाईपालनमा लगानी प्रोत्साहित गर्नुपर्छ ।” विदेशिनुभन्दा स्वदेशमै थोरै पूँजीमा भए पनि व्यवसाय गर्नका लागि युवाले अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । “व्यवसाय गरिए अरुलाई पनि रोजगार दिन सकिन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस