२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अधिकृतको जागिर छाडेर गाईपालन

१७ पुष २०७५, मंगलवार ०९:५९

 पुस १७,कनचन्पुर (रासस) |  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । 

जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ । 

गाई दुहुन मात्रै दुई कामदार आवश्यक पर्दछ । उहाँले भन्नुभयो, “मेशिन ल्याएपछि एकै छिनमा गाई दुहुन सकिन्छ ।” गाईको दूध दुहेपछि बजार लैजान ढिलाइ भए भण्डारण गर्न ‘चिलिङभ्याट’ मेशिनसमेत उहाँले राख्नुभएको छ । आधुनिक तरिकाले गाईपालनमा लागेका धानुकको फार्ममा अहिले १० वटा जर्सी र होलेस्टेन जातका गाई छन् । उन्नतजातका गाई भने भारतबाट खरीद गरेर ल्याइएको हो । 

नेपाल चेम्बर अफ कमर्शमा वित्त प्रशासन अधिकृतको जागीर छाडेर गाईपालनमा लागेको धानकले भन्नुभयो, “जागीर गरे गनेको पैसा मात्र हुन्छ, स्वरोजगार भई मिहेनत गरेअनुरुपको आम्दानी गर्न सकिने भएकाले गाईफार्मलाई रोजेको हु ।” व्यावसायिक बनेर उद्यमशील हुने र अरुलाई पनि रोजगारी दिन सकिने भएकाले गाईफार्म सञ्चालन गरेको उहाँले बताउनुभयो । गाईको चारो काटने, खुवाउने, दूध दुहुने र गोबर सोहर्ने कार्यमा उहाँ बिहानैदेखि साँझसम्म खट्नुहुन्छ । 

गाई फार्म राखिएको जग्गा भने उहाँको स्वामित्वको होइन । वर्षको रु एक लाख १४ हजार तिर्ने गरी तीन बिघा जग्गा भाडामा लिनुभएको छ । सो जग्गामा फार्मका संरचनासँगै घाँस खेतीसमेत गर्नुभएको छ । फार्ममा पालिएका गाईले हाल दैनिक ४० लिटर दूध दिँदै आएका छन् । उहाँले भन्नुभयो, “दुई महीनाभित्रै छ वटा गाई ब्याउने भएकाले दूध उत्पादन बढेर १५० लिटर पुग्ने छ ।” अझै २० वटा दुधालु गाई थप्ने योजना उहाँको छ ।

“दूध जति उत्पादन गरे पनि बजारको समस्या छैन सहजै स्थानीय बजारमा खपत हुन्छ”, उहाँले भन्नुभयो । दूध बिक्रीका लागि दुग्ध विकास संस्थानसँग समेत सहकार्य भएकाले बिक्रीको चिन्ता नरहेको उहाँले बताउनुभयो । 

फार्म खोलेर दुग्ध उत्पादनमा लागेका व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने हुन्छ उहाँले भन्नुभयो, “व्यवसायीलाई दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगसँगै गाईपालनमा लगानी प्रोत्साहित गर्नुपर्छ ।” विदेशिनुभन्दा स्वदेशमै थोरै पूँजीमा भए पनि व्यवसाय गर्नका लागि युवाले अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । “व्यवसाय गरिए अरुलाई पनि रोजगार दिन सकिन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य