२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा बाँदरले पनि छोडेन सुन्तला

१९ पुष २०७५, बिहीबार ०७:३९

हरि बाँस्तोला | पुस १९, पोखरा | सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ । 

कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अझै पनि सुन्तला उत्पादन राम्रो गरेका छन् । उत्पादन भएका सुन्तला पहेँलपुर भई टिप्ने बेलामा यतिखेर बाँदर कुरेर बस्नुपर्ने उनीहरूको दैनिकी जस्तै बनेको छ । पोखरा–२१ फेदीपाटन खर्कडाँडाका नारायण पौडेलका अनुसार किसानलाई बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ । “विगतमा बाँदरले सुन्तला खाएको कम नै देखिन्थ्यो,” विगतको अनुभव सुनाउँदै ७२ वर्षीय पौडेलले भन्नुभयो, “अहिले भने जङ्गलबाट हुलका हुल बाँदर बगँैचामा पसेर सुन्तला सखाप पार्न थालेका छन् ।” 

असोज महीनादेखि बाँदरबाट सुन्तला जोगाउन श्रीमती नर्मदा र एउटा कुकुरसहित बगैँचामा धरालो बस्दै आएको बताउँदै उहाँले धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको दुखेसो सुनाउनुभयो । बाँदर साँझपख बास बसेपछि बस्तीमा नआउने गरेको विगतको स्मरण गर्दै कृषक पौडेलले थप्नुभयो, “अहिले त दिन न रात, जुनसुकै बेलामा पनि आउँछन् ।” बेलुका साँझ परेपछि बाँदर वनमा बास बसे भनेर कुकुरसहित घरमा आएपछि यही पुस महीनाको ११ गते बाँदरको एक हुलले मिनेट भरमा दुई वटा बोटको सुन्तला रित्तै बनाएको उहाँले रासससँंग पीडा सुनाउनुभयो । रासस |

विगत २२ वर्षअघि सारेका सुन्तलाका बोटले पाँच वर्षदेखि लगातार उत्पादन दिन थालेको बताउँदै उहाँले राज्यले बजारीकरण, भण्डारणका साथै बाँदर नियन्त्रणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । तीन मुरी धान उत्पादन हुने दुई रोपनी क्षेत्रफलमा लगाएका २०० बिरुवामध्ये लगभग १५० बोटले फल दिन शुरु गरेको बताउँदै उहाँले यस वर्ष बोटबाटै ठेकेदारलाई तीन लाख २० हजार रुपैयाँमा सुन्तला बिक्री गरेको बताउनुभयो । जङ्गलको बीच भागमा रहेको सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएको बताउँदै श्रीमती नर्मदाले बाँदरले अटेरी गर्ने, कतिपय अवस्थामा घरभित्रै पसेर मकैलगायत अन्नबाली खाने गरेको बताउनुभयो । 

उत्पादन बढाउने लक्ष्यका साथ पौडेल दम्पतीले गोठमा रहेको गाई र भैँसीको पिसाब सङ्कलन गरी प्रत्येक वर्ष एउटा सुन्तलाको बोटको फेदमा झण्डै आठ पाथी गहुँत राख्ने गर्नुभएको छ । बगैँचामा सुन्तलाको एउटा बोट मरेपछि त्यहाँ दुई वटा बिरुवा थप्दै आएको बताउने उहाँहरूले सुन्तलामा सुनौलो भविष्य देखेको उल्लेख गर्नुभयोे । पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित उक्त स्थानमा सात कृषकले लभगभ ६० रोपनी भिरालो पाखो जग्गामा लगाएको सुन्तला बिक्रीबाट यस वर्ष मात्र रु २० लाखभन्दा बढी आम्दानी गरेका छन् | रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य