२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हिम्मतले चलेका ३८ वर्षीय ‘रामसिंह’ व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिदैं

१९ पुष २०७५, बिहीबार ०९:०३

 शेरबहादुर सिंह | पुस १९, भीमदत्तनगर (रासस) | परिस्थिति जति नै प्रतिकूल भए पनि निरन्तर सङ्घर्ष र परिश्रम गरे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका ३८ वर्षीय रामसिंह डगौंरा बन्नुभएको छ । 

थारू समुदायमा सानैबाट श्रम गर्न थाल्नुभएका डगौंरा श्रीमती सीमादेवीलाई स्तन क्यान्सर रोगले च्यापेपछि केही समय पीडाको भारी बोकेर थला पर्नुभयो । तर, हिम्मत हार्नुभएन र कृषक रामसिंहले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गरेर श्रीमतीको उपचारमा लागेको ऋणसँगै परिवारको खर्च चलाइरहनुभएको छ । 

“श्रीमतीलाई नै क्यान्सर देखिएपछि जिन्दगीबाटै हारिन्छ कि भन्ने आभाष हुन्थ्यो,” रामसिंहले भन्नुभयो, “हिम्मत नहारेकै कारण परिवारबाट खुशी लुट्न दिएन ।” गाउँमा रहेको धर्म जनता उच्च माविको करीब एक बिघा जग्गा भाडामा लिएर बेमौसमी तरकारी खेती गरेका रामसिंहले तरकारीबारी घरको दुःख बिर्सने माध्यम भएको बताउँनुहुन्छ । 

“तरकारीकै गोडमेलदेखि बिक्रीविरतणमै दिन बित्दा घरको पीडा पनि भुलिरहेको हुन्छु”, उहाँले भन्नुभयो, “बेलुकीपख हरेक दिन रु पाँच सयदेखि एक हजारसम्म कमाएर श्रीमतीलाई दिन पाउँदा खुशी छु ।” 

दुई वर्षअघि स्तनको शल्यक्रियापछि श्रीमतीलाई आराम भएको बताउँदै उहाँले उपचारमा रु ३५ लाखसम्म खर्च भएको बताउनुभयो । श्रीमती बिरामी नुहँदा गाउँमै राम्रो व्यापार भएको बताउँदै उहाँले उपचारका लागि सात कट्ठा जग्गा र पसल बिक्री गरेको सुनाउनुभयो । “अझै उपचारमा लागेको रु १५ लाख ऋण तिर्न बाँकी नै छ,” उहाँले भन्नुभयो, “त्यो बेला शुक्लाफाँटा नगरपालिका कार्यालयले रु २० हजार सहयोग गरेको थियो ।” 

पछिल्लो समय विद्यालयको जमीन भाडामा लिएर जैविक तरकारी खेती गरेका रामसिंहले ताजा तरकारी गाउँदेखि स्थानीय झलारी बजारसम्म बिक्री गर्ने गर्नुहुन्छ । 

“बितेको दुई महीनामा तरकारी र तरकारीको बेर्ना मात्रै रु अढाई लाखसम्मको बिक्री गरेँ,” उहाँले भन्नुभयो, “नगदेबाली भएकाले अन्नबालीभन्दा तरकारीमा मिहेनत र मुनाफा दुवै छ ।” दुई छोरी र एक छोराको पढाइ खर्चका साथै श्रीमतीको नियमित उपचार खर्च पनि तरकारी बिक्रिबाट भइरहेको उहाँको भनाइ थियो । 

शुक्लाफाँटा नगरपालिकाले डगौंरालाई बङ्गुरपालनमा रु एक लाख अनुदान सहयोगसमेत गरेको छ । कूल १५ वटा बङ्गुर पालिएको बताउँदै उहाँले बङ्गुरपालनबाट पनि मुनाफा हुने आशा छ भन्नुभयो । “तरकारी खेतीमा पनि बेर्ना, सिँचाइका लागि कहीँबाट अनुदान पाए थप खेती बढाउँदै लैजाने सोचमा छु,” उहाँले भन्नुभयो, “तरकारी खेतीमा फुर्सदको समयमा छोरा÷छोरी पनि सहयोगी बनेका छन् ।” 

सोही वडाका वडाध्यक्ष जगतबहादुर सिंहले युवा स्वरोजगारका लागि आफूहरु युवालाई व्यावसायिकतातर्फ लैजाने सोचअनरुप अघि बढेको बताउँनुहुन्छ । ‘एक घर, एक उत्पादनका लागि अगाडि बढाउन युवालाई विभिन्न तालीम-प्रशिक्षण र सहयोग गर्न वडा कार्यालय लागिरहेको छ,” सिंहले भन्नुभयो, “पहिलो चरणमा हामीले सडक सञ्जाल सबैतिर विस्तार गरेका छौँ ।” 

उहाँले किसानको सुविधाका लागि नगरपालिकाले ट्युबेल, बीउबिजनलगायत अन्य सामग्री वितरण गरेको बताउनुभयो । “स्थानीय सरकार जनताको मर्कामा मलहम लगाउन विभिन्न योजनासहित अघि बढेको छ,” शुक्लाफाँटा नगरपालिकाका प्रवक्तासमेत रहनुभएका सिंहले भन्नुभयो, “किसानलाई पनि अनुदानदेखि कृषि उपकरण वितरण अझै प्राथमिकतामा छन् ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य