2026-08-25 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

आलुबालीका किसान उत्साहित

 गंगा पराजुली | पुस २४, पशुपतिनगर |  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । 

इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना भएपछि किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बीउ खरीदका लागि सहज भएको हो । विसं २०२२ सालमा निर्माण शुरु भई २०३६ सालसम्म सञ्चालनमा आएको आलु विकास केन्द्र बन्द भएको लामो समयपछि सरकारले २०७२ सालमा त्यहाँका जग्गा उपभोग गर्दै हिमाली क्षेत्रको अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । 

तत्कालीन कृषि विकासमन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्नुभएको कृषि नार्कको अनुसन्धान केन्द्रमा अहिले आलुबाली, सागसब्जी र बङ्गुरपालनसम्बन्धी अनुसन्धान गरिँदै आएको छ । अलपत्र अवस्थाको आठ हजार ८२५ रोपनी क्षेत्रफलको सरकारी जग्गा उपभोगका लागि सरकारले नार्क स्थापनापछि आलुको बीउ उत्पादन गरी सरल मूल्यमा बिक्री गर्ने काम गरेको कार्यालयका प्रमुख तथा वरिष्ठ बालीविज्ञ राम कटुवालले बताउनुभयो । 

दुई हजार ८३५ मिटर उचाइमा अनुसन्धान केन्द्र स्थापनापछि इलाम, पाँचथर र ताप्लेजुङका किसानले सहजरुपमा गुणस्तरीय आलुको बीउ पाएका छन् । केन्द्र स्थापनापछि आलुको बीउको माग उच्च भएको वरिष्ठ बाली विकास अधिकृत कटुवालको भनाइ छ । शुरुमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान केन्द्रमा आवश्यक संरचना निर्माण गरी आलुको परीक्षण र बीउ उत्पादन मात्रै गरेको थियो । 

केन्द्रले उच्च पहाडमा उत्पादन हुने खालका तरकारीबाली र कृषिबालीको अनुसन्धान तथा प्रमाणीकरण गरिरहेको प्रमुख कटुवालले बताउनुभयो । राम्रो देखिएका आलुका जात, कृषिउपजका जाँच गरिँदा किसानलाई सहयोग पुगेको सन्दकपुर गाउँपालिकाका किसान उमेश गुरुङले बताउनुभयो । 

किसानहरुको समूहमार्फत धान, गहुँ र मकैको बीउ उत्पादनको काम गर्दै आएको अनुसन्धान केन्द्रले पाख्रिबास कालो बङ्गुरलाई प्रवद्र्धन गर्न सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकामा प्रजनन केन्द्र स्थापना गरेको छ । जनक देव, डेजिरे, कार्डिनल, कुफ्री ज्योति, खुमल सेतो, खुमल उपहार प्रजातिको आलुको बीउ उत्पादन हुने केन्द्रमा अत्यधिक माग भएपछि किसानलाई भनेअनुसारको आपूर्ति गर्न सकेको छैन । 

भारत, भुटानबाट आलुको बीउ आयात हुने गरेको भए पनि केन्द्र स्थापना भएपछि किसानले बाह्य आलुको बीउको प्रयोग गर्न छोडेका छन् । सदरमुकामदेखि उत्तरको जौबारीमा यातायातका साधन चल्ने गाडी स्तरोन्नति नभए पनि किसान आफैँ बीउ लिन जाने गरेको अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रमा अहिले सात प्रजातिको आलुको बीउ उत्पादन गर्छ भने बाह्य अनुसन्धान केन्द्र नयाँबजारबाट धान, गहुँ, घाँसलगायतका कृषिउपजको अनुसन्धान गरिँदै आएको छ । 

केन्द्रले उत्पादन गरेको एक मन आलुको बीउबाट औसतमा १६ मनसम्म आलु उत्पादन हुने गरेको छ । केन्द्रमा उत्पादन भएको बीउ मध्य पहाडी क्षेत्रको समुद्री सतहको एक हजार २०० मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा खेती हुने गरेको । भारतसँग सीमा जोडिएको पर्यटकीय क्षेत्र रहेकाले जौबारीको अनुसन्धान केन्द्रलाई कृषि पर्यटनको रुपमा विकासका लागि नार्कको केन्द्रीय कार्यालयमा प्रस्ताव गरिएको केन्द्र प्रमुख कटुवालले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन