२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा सुन्तला उत्पादन वृद्धि

२६ पुष २०७५, बिहीबार १०:३६

पुस २६, फलेवास |  जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ । 

जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष गत वर्षभन्दा चार प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको हो । जिल्लामा गत वर्ष तीन हजार २०० मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन भएको थियो । यस वर्ष झण्ढै १५० मेट्रिक टन सुन्तला बढी उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । 

पर्वतमा ७७० हेक्टर जमीनमा सुन्तला खेती हुन्छ । किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । असिनाका कारण उत्पादन घटे पनि गत वर्ष फेरि सात प्रतिशतले वृद्धि भएको थियो । कृषकले व्यावसायिक रुपमा खेती गर्न थाल्नु, सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत वृद्धि हुँदै जानुले वर्षेनी उत्पादन बढ्दै गएको रेग्मीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला क्षेत्रलाई सुन्तला क्षेत्रका रुपमा विकास गरिँदै गएको छ । जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरापालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपाकिलाको भोक्सिङ, होश्राङ्दी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको पाङग्राङ र फलेवास नगरपालिकाको कुर्घा, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तलाखेती गरिँदै आएको छ । 

जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा यस वर्ष झण्डै पाँच करोडको सुन्तला उत्पादन भएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यी दुईवटै गाउँको मुख्य पेशा नै सुन्तला बनेको छ । पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतवाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञानकेन्द्र पर्वतले जनाएको छ । पर्वतको सुन्तला पोखरा, चितवन, काठमाडौँ, काँकडभित्ता, बुटवललगायतका शहरमा निर्यात हुन्छ । कृषकको बोटमै सुन्तला खरीद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाइंले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य