२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झापालाई बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

२०७५, ४ माघ शुक्रबार १०:२६

माघ ४, दमक | झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् । 

महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि उक्त बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा आएको हो । धान, मकै र गहँुको गुणस्तरीय बीउ प्रशोधन तथा उत्पादन गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषकले राहत पाएका हुन् । 

केन्द्रका व्यवस्थापक हेमराज विष्टका अनुसार पछिल्लो समय जै घाँस, तोरी र राजमाको पनि बीउ उत्पादन तथा प्रशोधन शुरु गरिएको छ । स्थानीय किसानको मागबमोजिम यो वर्षबाट तरकारीको रुपमा प्रयोग हुने राजमाको पनि बीउ प्रशोधन शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

अहिले हिउँदे धानखेतीका लागि हर्दिनाथ धानको बीउ उत्पादनमा भ्याइनभ्याइ रहेको विष्टले बताउनुभयो । केही दिन अघिसम्म मकैको बीउ उत्पादन गर्दै आएकामा अहिले धानको बीउ प्रशोधनमा नै व्यस्त हुनु परेको पनि उहाँले जनाउनुभयो । केन्द्रले किसानको बढ्दो माग धान्न नै मुश्किल परेको उहाँको भनाइ छ । 

केन्द्रको आफ्नै तीन बिघा १४ कठ्ठा जमीनमा १३ हजार टन बीउ भण्डारण क्षमता भएको गोदाम घरसहित प्रशोधनका लागि आवश्यक आधुनिक उपकरण रहेका छन् । ती उपकरण जोड्न सहकारीसँगै स्थानीय सरकार, प्रदेश तथा सङ्घीय सरकारको समेत सहयोग भएको जनाइएको छ । 

व्यवस्थापक विष्टका अनुसार उक्त केन्द्रबाट झापा, मोरङ, सुनसरी, इलामलगायत १ नम्बर प्रदेशका सबै जिल्ला र २ नम्बर प्रदेशका सप्तरी तथा सिरहा जिल्लामा समेत बीउ निर्यात हुँदै आएको छ । 

गतवर्ष २०७४-७५ मा १३ जातका ३९० टन धानको बीउ प्रशोधन भएकोमा चालू आर्थिक वर्षमा यो बढाएर कम्तिमा पनि ६०० टन पुर्याउने लक्ष्य रहेको संस्थाले जनाएको छ । यसैगरी गतवर्ष ५२ टन चार जातको गहुँको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो वर्ष ११० टन पुर्याउने लक्ष्य लिइएको महारानीझोडा साना किसान सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवी भण्डारीले बताउनुभयो । 

गत वर्ष १७ टन जयघाँसको बीउ उत्पादन तथा प्रशोधन भएकोमा यो वर्ष २१ टन, मकैको बीउ गतवर्ष तीन टन उत्पादन गरेकोमा यो वर्ष १० टन, गतवर्ष १ टन तोरीको बीउ उत्पादन गरेकोमा यो वर्ष २ टन र यो वर्ष २ टन राजमाको बीउ उत्पादन तयारी रहेको पनि भण्डारीले जानकारी दिनुभयो । 

सहकारी संस्था आफैले चक्लाबन्दी गरेर एक ठाँउमा ८० बिघा र अर्को ठाँउमा २० बिघा गरेर १००बिघामा सामूहिक खेती गर्दै आएको छ । कतिपय बीउको यहाँ परीक्षण गरेरमात्र किसानलाई उपलब्ध गराइने गरेको पनि बताइएको छ । सामूहिक सहकारी खेती तथा सदस्य कृषकले उत्पादन गरेको बीउलाई नै प्रशोधन पनि गरिदै आएको सहकारी संस्थाका अध्यक्ष मीना ढकालले बताउनुभयो । 

उहाँले यस केन्द्र स्थापना भएपछि किसानले हिजोका दिनमा खाने अन्न उत्पादन गरी बिक्री गर्दाको भन्दा बीउ उत्पादन गर्दा बढी मूल्य पाउँदै आएको बताउनुभयो । कृषकले बजार मूल्यभन्दा कम्तिमा रु १० देखि रु ६०० सम्म बढी मूल्य दिएर उहाँहरुले उत्पादन गरेको धान, मकै, गहुँ, जौ, घाँस केन्द्र आफैँले खरीद गरी दिने गरेकाले किसान खेतीमा आकर्षित भएको ढकालले बताउनुभयो । 

गुणस्तरीय बीउको प्रयोगले बालीको उत्पादनमा समेत वृद्धि भएको ढकालले दाबी गर्नु भयो । सहकारीले १ नम्बर प्रदेशलाई बीउमा आत्मनिर्भर बनाउन क्रियाशील भएको अध्यक्ष ढकाल बताउनुहुन्छ । 

पछिल्ला वर्ष उक्त सहकारीले सञ्चालन गरेको गतिविधिको प्रचारप्रसार भएपछि देशैभरिका सहकारी संस्था दिनहुँ जसो अवलोकन गर्न आउने क्रम बढेको संस्थाले जनाएको छ । अध्यक्ष ढकालले दिनहुँ जसो आउने सहकारीकर्मीको उपस्थितिले आफूलाई हौसला प्राप्त हुँदै आएको र देशकै नमूना सहकारीका रुपमा विस्तार गर्न लागि परेको बताउनुभयो । गौरा दहलाई सरकारले कृषि पर्यटन क्षेत्रका रुपमा घोषणा गरेपछि त्यसलाई कार्यान्वयन गर्न सहकारी प्रतिबद्ध भई जुटेको अध्यक्ष ढकालको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै