२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह बन्यो कपुरकोट

६ माघ २०७५, आईतवार १४:१७

माघ ६, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर युवराज आचार्यले कृषि संग सम्बन्धीत मोवायल एप्स अन्य निकायले ल्याएको भएपनि स्थानीय तहहरु मध्ये नेपालमै पहिलो पटक कपुरकोट गाउँपालिकाले यस प्रकारको एप्स बनाएर सार्वजनीक गरेको दाबी गरे ।

‘कृषि कपुरकोट’ नामक मोवायल एप्लीकेशन किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधि सम्वन्धि जानकारी प्राप्त गर्न सक्ने छन् । किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएको स्थानमा पुगेर मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवा मार्फत घरमै बसि बसि विविध जानकारि लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए ।

एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना÷समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्तावेज, ग्यालरी, अत्यावश्यक फोन नं तथा विज्ञ विवरण समेत एप्समा उपलव्ध रहेका छन् ।

‘किसानले आफ्ना समस्या मोवायल एप्सबाटै कृषि विज्ञलाइ च्याट मार्फत राख्न तथा फोन गरेर सोध्न सक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत रिजालले भने, ‘कपुरकोट क्षेत्रको कृषिलाइ माथी उठाउन एप्लीकेशनले ठूलो सहयोग पुर्याउने हाम्रो अपेक्षा छ ।’ विशेष गरि कपुरकोट ताजा तरकारि र फलफुल खेतीका लागी ख्याति कमाएकाले किसानलाइ नयाँ नयाँ प्रविधिबारे जानकारि गराउन र खेती गर्दा आइपर्ने समस्यालाइ तत्काल समाधान गरि घाटा हुन नदिन एप्सलाइ उपयोग गर्नुपर्ने धारणा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले राखेका छन् ।


सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनसंगै किसानको हातहातमै सूचना पुर्याउन आफ्नै लगानीमा गाउँपालिकाले ‘कृषि कपुरकोट’ एप्स सार्वजनीक गरेको बताए । उनले भने, ‘किसानका लागी यो एउटा महत्वपूर्ण एप्स हो । सबैले आफ्नो स्मार्टफोनमा डाउनलोड गर्ने तथा अरुलाइ पनि यो एप्स राख्नका लागी सूचना प्रवाह सबैले गर्नपर्छ ।’ साथै अध्यक्ष सेनले एप्लीकेशनमा नयाँ नयाँ जानकारि तथा विवरणहरु थप गर्न र किसानका समस्या समाधान गर्न कृषि, पशु सेवा शाखाका प्राविधिकहरुलाइ निर्देशन दिए ।

अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइहरु किसानबीच हस्तान्तरण गर्न एप्स उपयोगी मानिएको छ । कृषकलाई प्रविधिसँग जोड्न ल्याइएको यस एप्सले किसानले कुनै समस्याको प्रश्न पठाए उत्तर पनि दिने भएको हुँदा किसानलाई सहज बनाउने कपुरकोट गाउँपालिकाको अपेक्षा छ ।

कृषि साथीको रुपमा आएको यस एप्सलाइ प्रयोग गरेर किसानहरुले प्रविधिको विकाससंगै आफुलाइ पनि अपडेड गर्नुपर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेल बताउँछन् । कृषि लगाएत हरेक क्षेत्रमा प्रविधिको भरपुर प्रयोग गरेमा निकै फाइदा र सहज हुने उनको भनाइ छ । ‘कृषि कपुरकोट’ नामक मोवायल एप्स कुनै पनि स्मार्ट फोनमा प्ले स्टोरबाट डाउनलोड गर्न सकिने र सबै जानकारिहरु नेपालिमै उपलव्ध रहेको पौडेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य