२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुक्त हलिया एक दशकदेखि सामुदायिक वनको आश्रयमा

१ फाल्गुन २०७५, बुधबार ०३:१३

फागुन १, अमरगढी (रासस) | डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । 

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा बस्दै आएको हो ।  

विसं २०६६ मा असिग्राममा बाढीले धनजनको क्षति पुर्याएपछि १८ परिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन् । उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए । सामुदायिक वनसँगको सम्झौता म्याद सकिएको पनि तीन वर्ष भइसकेकाले अब के गर्ने भन्ने अवस्था सिर्जना भएको मुक्त हलिया दीपक कामीले बताउनुभयो । 

जिल्ला मुक्त हलिया समाज डडेल्धुराले विसं २०६४ मा गाउँपालिका–१ मा १२२ मुक्त हलियाको नाम सङ्कलन गरेको थियो । तर, ती नाम अहिले गायब भएको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घकी केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले बताउनुभयो । महासङ्घका अध्यक्ष ईश्वर सुनारले उनीहरूको नाम भूमिसुधार मन्त्रालयले लिएको तथ्याङ्कबाटै हटाएको बताउनुभयो । 

मुक्त हलियाको नाम गायब हुनुमा राजनीतिक दलकै नेतृत्वको हात रहेको उनीहरुको अनुमान छ । 

विसं २०६६ मा आएको बाढीबाट पूरै बस्ती बगाएपछि मुक्त हलिया असिग्रामको सामुदायिक वनको आश्रयमा पुगेका उनीहरूको अवस्था निकै दयनीय छ । उनीहरू अहिले न त साहुको हलो जोतेर खाने अवस्थामा छन् न उनीहरूसँग बस्नलाई आफ्नो घर नै छ । अहिलेसम्म सरकारले मुक्त गरेको परिचयपत्रसमेत नदिएको मुक्त हलिया दीपक कामी बताउनुहुन्छ । “बाढीले सिङ्गो बस्ती नै उजाड भयो, घरजग्गा, पशुचौपाया सबै बगायो, १० वर्षदेखि सामुदायिक वनमा बस्न बाध्य छौँ”, उहाँ भन्नुहुन्छ, ‘हावाहुरी चल्दा रूख ढलेर किच्ने हो कि भन्ने सन्त्रासमा बाँच्नुपरेको छ ।” 

डडेल्धुरामा दुई ५५१ मुक्त हलियाले परिचयपत्र पाएका छन् । अझै करीब दुई हजारको हाराहारीमा मुक्त हलियाको सङ्ख्या छुटेको मुक्त हलिया समाज डडेल्धुराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य