२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

थलीलाई बोयर बाख्राको स्रोतकेन्द्र बनाइँदै

२०७५, १ फाल्गुन बुधबार ०३:१६

फागुन १, डोटी (रासस) | जोरायल गाउँपालिका–४ को थलीगाउँलाई बोयर बाख्राको स्रोतकेन्द्रका रुपमा विस्तार गरिने भएको छ । 

गाउँपालिकाले अवलम्बन गरेको ‘एक गाउँ, एक उत्पादन’ को नीतिअनुरुप गत वर्ष थलीगाउँका २७ परिवारलाई रु छ लाख लगानीमा प्रतिपरिवार एक÷एक बोयर बाख्राका पाठी र गाउँमा तीन बोयर बोका वितरण गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उक्त गाउँलाई बोयर बाख्राको गाउँपालिकास्तरीय स्रोतकेन्द्रका रुपमा विस्तार गर्न लागिएको पशु सेवा एकाइ प्रमुख मानबहादुर रानाले जानकारी दिनुभयो । 

पूर्णरुपमा जनजातिको बसोबास रहेको र अन्य पेशा व्यवसायभन्दा बाख्रापालन गर्न सहज पनि भएकाले सो गाउँमा आयआर्जनका लागि बाख्रापालनमा गाउँपालिकाले सहयोग गरेको अध्यक्ष ओझाले बताउनुभयो । उक्त गाउँमा वितरण गरिएका बाख्राले अहिले पाठापाठी पाएर एकबाट १२ पुगेको सिद्धबाबा जनजाति बाख्रापालन समूह थलीका अध्यक्ष खड्कबहादुर बुढामगरले जानकारी दिनुभयो । 

गत वर्ष जोरायल गाउँपालिकाका सबै वडा समेट्ने गरी अन्य ठाउँमा नौ बोयर बोका वितरण गरिएको थियो । यस वर्ष पनि गाउँपालिका पशु सेवा एकाइले १० बोयर बोका वितरण गर्ने तयारी गरेको छ भने बाख्राको खोर सुधारमा रु ५० हजारका दरले १० किसानलाई छनोट गरिसकेको बताइएको छ । 

रुपसकाँडा र वडा नं १ को गोगनपानीका किसानले करीब तीन वर्षदेखि नै कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत प्रदान गरिएका बोयर जातका बाख्रापालन गर्दै आएको ग्रामीण कृषि कार्यकर्ता खडकबहादुर मल्लले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस