२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एनआरएनको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा

२०७५, ८ फाल्गुन बुधबार ०५:२३

पर्वत/गैह्र आवासिय नेपाली संघ (एनआरएनए) रसियाको सहयोगमा पर्वत अस्पतालमा थाइराइड परिक्षण सुबिधा शुरु भएको छ ।
एनआरएनए रसियाले थाइराईड परिक्षणका लागि अत्याधुनिक उपकरण हस्तान्तरण गरेपछि पर्वत अस्पतालमा पहिलो पटक थाइराइड परिक्षण सुबिधा थपिएको हो ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अत्याधुनिक थाइराज परिक्षण गर्ने उपकरण पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले मंगलबार हस्तान्तरण गर्नुभयो । यस अघि थाइराईड परिक्षणका लागि हजारौ खर्च गरेर बिरामी पोखरा जानुपर्ने अवस्था अब अन्त्य भएको छ ।


एनआरएनए रसियाले पर्वतबासीका लागि स्वास्थ्य सेवा लिन सहयोग पुगोस भनेर नयाँ उपकरण सहयोग गरेको अध्यक्ष रामेश्वर गौतमले जानकारी दिनुभयो । यस अघि एनआरएनए रसियाले पर्वतको दक्षिणमा पर्ने बिहादी गाउँपालिका स्थित रानीपानी स्वास्थ्य चौकीलाई गत बर्ष एम्बुलेन्स समेत हस्तान्तरण गरेको थियो ।


मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गले प्रदेश भित्रका सबै सामुदायिक अस्पतालमा स्र्माट हेल्थ केयर सुबिधा पु¥याउने लक्ष्य राखिएको जानकारी दिनुभयो । अस्पतालमा पुगेपछि बिरामीका लागि आवश्यक र क्षमता अनुसारको सबै सुबिधा उपलब्ध गराउँदै स्मार्ट हेल्थकेयरको सुबिधा दिने तयारीमा रहेको उहाँको भनाई छ ।

‘एउटा अस्पतालले बिरामी पुगेपछि उसको क्षमता अनुसार सबै सुबिधा दिनुपर्छ’ उहाँले भन्नुभयो ‘हामी प्रदेशभित्रका सबै अस्पतालमा जनशक्ति, उपकरण र अन्य कारणले बिरामी फर्केर जानु नपर्ने अवस्था आउन नदिने पक्षमा छौ’ प्रदेश सरकारले यसका लागि आवश्यक बजेट, उपकरण र प्राबिधीक समेत खटाउने आश्वासन पनि मुख्यमन्त्री गुरुङ्गले दिनुभयो ।

जिल्लामा रहेका सबै अस्पताललाई ५० शैंयाको अस्पतालको रुपमा बिकास गर्ने लक्ष्य समेत राखिएको र घुम्ती अस्पताल समेत यसै बर्ष देखि शुरु गरिने उहाँको भनाई थियो ।


पर्वत जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले जिल्ला अस्पतालमा जनशक्ति, उपकरण र सेवालाई समेत सुधार गर्दै गएको जानकारी दिदै एनआरएनएको सहयोगले अस्पतालको सेवा प्रवाहमा नयाँ आयम थपिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस