२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि व्यवसायतर्फ युवा आकर्षित

२० फाल्गुन २०७५, सोमबार ११:०८

विमलबहादुर विष्ट | फागुन २०, डोटी (रासस) | बिनाब्याजमा रकम पाउन थालेपछि डोटीका युवा कृषि व्यवसायतर्फ आकर्षित भएका छन् । 

सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि उनीहरु कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । 

जिल्लाको शिखर नगरपालिका–५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामूहिक बाख्रापालन व्यवसाय शुरु गरेको छ । डोटी बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेर अनेरास्ववियुका जिल्ला अध्यक्षसमेत रहनुभएका उहाँले आयआर्जन गर्न उक्त व्यवसाय रोजेको बताउनुभयो । 

सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रु पाँच लाख ऋण लिएर आफूले बाख्रापालन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बिनाब्याज रकम दिँदैछ, काम गर्नेहरुका लागि यो राम्रो अवसर हो ।” उहाँले युवा समितिमार्फत काफली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र प्रगतिशील कृषक समूहबीच सहकार्य गरेर व्यवसाय शुरु गर्नुभएको छ । जमुनापारि क्रस र खरी जातका बाख्रापालन गरिरहेका प्रगतिशील कृषक समूहका उपाध्यक्षसमेत रहनुभएका बोहरा बाख्रापालन व्यवसाय शुरु गर्न पाएकामा खुशी हुनुहुन्छ । 

त्यस्तै सोही कृषक समूहका दलबहादुर बोहराले पनि बाख्रापालन गरिरहनुभएको छ । युवा समितिले युवा उद्यम कार्यक्रमअन्तर्गत गत वर्ष जिल्लाका दुई उद्यम समूहलाई आर्थिक सहयोग गरेको समितिका कम्प्युटर अपरेटर गणेश मल्लले जानकारी दिनुभयो । 

समितिले बाख्रापालन मात्र नभएर आधुनिक सीप विकास मञ्च लामिखालमा खुकुरी, चक्कु, चुलेसी निर्माण व्यवसायका लागि पाँच÷पाँच लाख रुपैयाँ सहयोग गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै जोरायल गाउँपालिका–५ का स्थानीयवासी लीलाधर विष्टले पनि तत्कालीन जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा गाउँमा रेन्बो ट्राउट माछापालन गर्नुभएको छ । माछापालन व्यवसाय शुरुमा केही खर्चिलो भए पनि अहिले राम्रै आम्दानी हुन थालेको उहाँले बताउनुभयो । 

विष्टले भन्नुभयो, “शुरुमा हामीलाई माछा हुर्काउनमा निकै समस्या भयो, अहिले त राम्रै आम्दानी हुन थालेको छ ।” आफ्नै वडाका तीन जना युवा मिलेर उहाँहरुले रेन्बो ट्राउट माछापालन गरेका छन् । उक्त माछाको बजार मूल्य अहिले करीब रु एक हजार ६०० देखि रु एक हजार ७०० सम्म पर्ने गरेको कृषक लीलाधर विष्टले बताउनुभयो । 

सरकारले बिनाब्याज ऋण रकम दिन थालेपछि यहाँका अधिकांश बेरोजगार युवा कृषि कर्म गर्नका लागि प्रस्तावना पत्र बनाएर सम्बन्धीत निकायमा पेश गर्न थालेका छन् । युवा समितिले लगानी गरेका उद्यम समूहले सन्तोषजनक काम गरेको र जिल्लामा बेरोजगार एवं अनुत्पादक भएर बसेका युवाले पनि आयआर्जनमूलक व्यवसाय गर्न थालिएको युवा उद्यम कार्यक्रम समितिका अध्यक्ष बमबहादुर बमले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जागिर पाएन भनेर हल्लिनुभन्दा बिना ब्याजको पैसा लिनोस्, काम गर्नुस्, पैसा घरैमा छ ।” 

स्थानीय तहमा लघुउद्यम विकास कार्यक्रम 

जिल्लाका नौ वटा स्थानीय तहमध्ये चारमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम लागू हुने भएको छ । घरेलु तथा साना उद्योग विकास समिति राजपुर डोटीको सहयोगमा सिर्जनशील विकास समाज नेपालले दीपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकामा उक्त कार्यक्रम लागू गर्न लागेको हो । 

लघुउद्यमको विकास र प्रवद्र्धन गरी गरीबी न्यूनीकरणमा सहयोग पु¥याउने गरी नेपाल सरकारले स्वीकृत गरेको उक्त कार्यक्रम डोटीको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा लागू हुन लागेको सिर्जनशील विकास समाज नेपालका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्र भित्रका १६० जना नयाँ उद्यमी छनोट गरी तालीम प्रदान गर्ने, ८८ जना स्तरोन्नतिबाट पहिचान भएका लघुउद्यमीलाई स्तरोन्नति तालीम, सीप, प्रविधि सञ्चालन तथा हस्तान्तरण गर्ने, १०६ वटा आवश्यक तथ्यपरक व्यावसायिक योजना तयार पार्ने, १०६ जनालाई प्राविधिक सीप प्रदान गर्ने, प्रविधिमा पहुँच बढाउने, लघु कर्जाका निमित्त समन्वय र सहजीकरण गर्ने, लघुउद्यमीहरुलाई नियमित रुपमा व्यावसायिक परामर्श दिने लगायतका उद्देश्यले कार्यक्रम सञ्चालन गरिन लागेको उहाँले बताउनुभयो । 

उद्यम सञ्चालन गर्ने सम्भावित व्यक्तिहरुलाई मात्र समावेश गरी कार्यक्रम गर्नुपर्ने दीपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताउनुभयो । उद्यम क्षेत्रमा यसपूर्व गरिएका विभिन्न लगानीको प्रतिफल नदेखिएकाले उपलब्धि हुने गरी काम गर्न उहाँले सुझाव दिनुभयो । 

चार वटै स्थानीय तहका कुन कुन वडा, टोल र व्यक्ति छनोट गर्ने भन्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी टुङ्गो लगाउने काम भइरहेको सिर्जनशील विकास समाजका वरिष्ठ लघुउद्यम विकास सहजकर्ता पार्वती शाहीले बताउनुभयो । करीब १० वर्षबाट घरेलु तथा साना उद्योग विकास समितिमार्फत गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस आवका लागि सिर्जनशील विकास समाज नेपालले सञ्चालन गर्ने कार्यक्रममा कूल रु ४६ लाख १० हजार ८७६ खर्च हुने संस्थाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला