2026-08-25 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

घरमै थन्कियो ‘किसानको अलैँची’

युवराज विष्ट | फागुन २७, भोजपुर | अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । 

मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेको टेम्केमैयुङ गाउँपालिका–४ नागीका कृषक जयकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “अलैँचीबाट विगतमा राम्रो मूल्य पाएपछि हौसिएर धान खेतमा अलैँची लगाएँ तर अहिले बजारमा मूल्य छैन भन्दै ठेकेदारले प्रतिमन २० देखि २५ हजारमा माग्छन्, अब त्यही मूल्यमा दिने हो भने आफ्नो परिश्रम नै उठ्दैन, त्यही भएर मजस्ता यस ठाउँका धेरै कृषकले अहिले पनि अलैँची बिक्री गरेका छैनन् ।” 

गाउँका धरै कृषकले आफ्नो सल्लाहानुसार अलैँची लगाएको बताउँदै उहाँले भन्नुभयो, “विगतमा राम्रो आम्दानी हुनेजस्तो देखिएपछि गाउँका अन्य साथीलाई अलैँची लगाउने सल्लाह दिएँ तर अहिले तिम्रो कारण भात खाने खेत मासियो, आम्दानी छैन भनेर गाली गर्न थालेका छन् ।” राईले तीन बगानमा गरी करीब १५० रोपनीमा अलैँची लगाउनुभएको छ । उहाँले भन्नुभयो, “साविकको जिल्ला कृषि विकास कार्यालय (हाल कृषि ज्ञान केन्द्र) ले हामीलाई धेरै सहयोग गरेको छ, त्यसको कारणले पनि यसको खेतीमा लागियो तर मूल्य नपाउँदा असाध्यै गाह्रो भएको छ । यसका लागि सरकारले पनि ध्यान दिनुप¥यो ।” 

टेम्केमैयुङ–५ खावा चोलन्तीका कृषक चक्रबहादुर विष्टका अनुसार सो क्षेत्रका १०० भन्दा बढी कृषकले अहिले पनि अलैँची बिक्री गर्न सकेका छैनन् । विष्टले भन्नुभयो, “गत वर्ष हामीले प्रतिमन ३४ हजार ५०० मा बेच्याँै तर यो साल २० देखि २५ हजारमा माग्छन्, त्यही भएर हाम्रो क्षेत्रमा उत्पादन भएको १५० मन बढी अलैँची बिक्री भएको छैन ।” अहिले मूल्यको कारण अलैँची कृषक निराश बनेको बताउँदै उहाँले भन्नुभयो, “यसको खेतीमा दिनानुदिन कृषकको सङ्ख्या बढिरहेको छ तर के गर्नु यस्तै मूल्य हो भने आफ्नो श्रम पनि उठ्दैन ।” अधिकांश कृषकले धानखेती हटाएर अलैँची लगाएका छन् । 

स्थानीय व्यापारी दिनेशकुमार राईले भन्नुभयो “अलँैचीको उत्पादनमा वृद्धि भए पनि मूल्य नपाउँदा हामीलाई पनि समस्या छ, गाउँगाउँमा गएर सङ्कलन ग¥यो, बजारमा मूल्य छैन, मसँग पोहोरकै अलैँची अहिलेसम्म पनि स्टक छ ।” वर्षेनी मूल्यमा गिरावट आएका कारण कृषकसँगै व्यापारी पनि मारमा परेको राईले बताउनुभयो । ‘‘भोजपुरमा सङ्कलन गरेको अलँैचीको बजार भनेको झापाको बिर्तामोड हो, त्यहाँभन्दा बाहिर हाम्रो पहुँच पुग्दैन, मूल्यमा घटबढ भएका कारण कुनै बेला किनेकै मूल्य पनि दिनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । 

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादनमा आठ मेट्रिकटनले वृद्धि भएको छ । गत वर्ष १९२ मेट्रिकटन अलैँची उत्पादन भएकामा यस वर्ष वृद्धि भएर २०० मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्र कार्यालयका कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस जिल्ला अलैँची उत्पादन वर्षेनी बढिरहेको छ भने क्षेत्र पनि विस्तार भएको छ तर मूल्यको कारण किसान निराश छन्, जिल्ला धेरै कृषकले अहिलेसम्म पनि अलैँची बिक्री गर्न सकेका छैनन् ।” 

जिल्लामा अहिले ६५० हेक्टर क्षेत्रमा अलैँची खेती भइरहेको र अझै करीब एक हजार हेक्टर क्षेत्रफलमा विस्तार हुने चरण रहेको प्राविधिक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अलैँचीको विस्तारका लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वडामा अलैँची क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ । 

जिल्लामा राम शाही, गोल शाही, डम्बर शाहीले जिर्मले जातको अलँैची हुने खेती गरेका छन् । भोजपुरका दोभाने, कुदाककाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत १७ भन्दा बढी ठाउँमा मुख्य रूपमा अलैँची उत्पादन हुन्छ । 

ज्ञान केन्द्रको तथ्याङ्कानुसार मुख्य क्षेत्रका एक कृषकले वार्षिक १५÷१६ मनभन्दा बढी अलैँची उत्पादन गर्छन् । पहिलेको मूल्यानुसार तुलना गर्ने हो भने एक कृषकले अलैँची बेचेरै रु २० लाखभन्दा बढी आम्दानी गर्थे । हाल चलेको मूल्यअनुसार भने एक कृषकलाई रु दुई÷चार लाख लिन पनि गाह्रो रहेको छ । 

चार वडा चिराइतो मुख्य क्षेत्र 

जिल्लाका दुई स्थानीय तहका चार वटा वडालाई चिराइतो मुख्य क्षेत्र बनाइने भएको छ । जडीबुटी खेतीका लागि राम्र्रो क्षेत्र मानिएका टेम्केमैयुङ्ग –१ तिम्मा, ५ खावा र भोजपुर नगरपालिका ३ गुप्तेश्वर र ४ सिद्धेश्वरलाई चिराइतो मुख्य क्षेत्र बनाइँदैछ । 

चालु आवको सबैभन्दा बढी लगानी जडीबुटीमा खर्च गर्ने योजना बनाएर काम थालिएको डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । जिल्ला जडीबुटी फोकल समितिको निर्णयानुसार आम्चोक र हतुवागढी क्षेत्रमा टिम्बुर खेतीका लागि मुख्य क्षेत्र बनाइएको छ । 

यसका लागि चिराइतो, सतुवा, तेजपात, लोठ सल्ला, खिरौला, टिमुरलगायत जडीबुटीमा बढी लगानी गर्न लागिएको कार्यालयले जनाएको छ । स्थानीय तहमा रहेका सामुदायिक, कबुलियती र साझेदारी वनलाई लक्ष्य गरेर खेती गर्न लागिएको साहले बताउनुभयो । 

कार्यालयले जडीबुटीको बिरुवा उत्पादन, भण्डारण र बजारीकरणका लागि अनुदान सहयोग दिने जनाएको छ । कृषकको माग र आवश्यकताका आधारमा अनुदान दिन लागिएको हो । साथै सहकारीसँंगको सहकार्यमा जडीबुटी सङ्कलन केन्द्र समेत स्थापना गरिने भएको छ । यस वर्ष भोजपुरबाट ५७ हजार केजी चिराइतो निकासी भएको छ । त्यस्तै सतुवा तीन हजार ५०० र अर्घेली १० हजार केजी निकासी भएको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । मूल्यमा उत्तरचढाव आए पनि यसको खेतीमा भने वृद्धि नै हँुदै आएको वन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन