२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गण्डकी प्रदेशमा कृषि पत्रकारीता तालिम, एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य

६ चैत्र २०७५, बुधबार ०३:२९


पर्वत । नेपालमै पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको समन्वयमा पहिलो पटक (पहिलो चरण) को तालिम सम्पन्न भएको हो । गण्डकी प्रदेशका २१ वटा पालिकाबाट (पहिलो चरणमा)  उक्त कार्यक्रममा सहभागिता भएको थियो ।

तीन दिन सम्म चलेको तालिममा कार्यक्रमका संयोजक डा.कुलराज चालिसे, आर सी टाइम्स कृषि पत्रिकाका सम्पादक डा.रामचन्द्र बराल ,प्रदेश सरकार भुमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सचिब शरद चन्द्र श्रेष्ठ ,कृषि ब्यवसाय प्रबद्र्धन सहयोग तथा तालिमकेन्द्र प्रमुख सावित्री बराल, पत्रकार वसन्त अधिकारी, सुशीला अधिकारी लगाएतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षणको क्रममा बोल्दै मन्त्रालयका सचिब श्रेष्ठले पछिल्लो समयमा युवाहरुको उत्साहजनक सहभागिताले अब्बल पेशाको रुपमा कृषि स्थापित हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै ज्ञानु पङ्गेनी र नारायण भुर्तेलले तालिमले कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै कृषक र सरकार बिचको दुरी घटाउन कृषि पत्रकार लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

नेपालका सातै प्रदेश मध्य गण्डकी प्रदेश प्रत्येक पालिकामा कृषि पत्रकार उत्पादन गर्ने पहिलो प्रदेश भएको छ । अब गण्डकी प्रदेश अन्तर्गतका बाकी रहेका पालिकाको तालिम दोश्रो चरणमा बैशाखमा गर्ने आयोजकले जनाएको छ ।

एक पालिका एक कृषि पत्रकार 

डा.रामचन्द्र बरालले एक पालिका एक कृषि पत्रकार उत्पादन गर्नकै लागि तालिमको आयोजना गरिएको बताए । नेपालमा अझै पनि कृषि क्षेत्रमा कलम चलाउने (सम्बन्धीत क्षेत्र मात्रै) पत्रकारको अभाव रहेको र आफूहरुले सोही क्षेत्रमा मात्रै कलम चलाउने पत्रकार उत्पादन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले गण्डकी प्रदेशबाट यसको सुरुवात भएको बताए । हामी कृषि क्षेत्रको मात्रै विट सम्हाल्ने पत्रकार उत्पादन गर्ने सोचका साथ अगाडि बढेका छौं उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य