Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ चैत २७ गते, बिहान ७:५६ बजे
कृषि गतिबिधी

अनुदानका लागि कृषक छनोट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २७, गोरखा |  गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।

अनुदान छनोटमा परेकामध्ये नमूना कृषि फार्मतर्फ १३, फ्रेसहाउसतर्फ २२ र कषि यान्त्रिकीकरणतर्फ २७ रहेका उहाँले बताउनुभयो । अनुदानका लागि छनोटमा परेका कृषकले निवेदनका क्रममा प्रस्ताव गरेका योजनाका आधारमा केन्द्रमार्फत मन्त्रालयले पठाएको ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने प्रमुख डा ठाकुरले जानकारी दिनुभयो ।

“केन्द्रले तीन चरणमा कृषकलाई अनुदान उपलब्ध गराउने गरी कार्यविधि निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा ४० प्रतिशत र बाँकी दुई चरणमा ३०÷३० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।” छनोटका क्रममा प्राविधिकहरु निवेदकको घरघरमा पुगेर पहिले सम्बन्धित क्षेत्रमा काम गरे÷नगरेको, गरेका भए कति गरेको, घाँसखेती भएको वा नभएको अथवा द्वन्द्वपीडित वा भूकम्पपीडित के हो भन्ने विषयलाई समेत प्राथामिकतामा राखेको उहाँको भनाइ छ । छनोटमा परेका कृषकसँग चैतभित्र सम्झौता गरी आउँदो असारसम्ममा कार्यक्रम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो ।

रासस