2026-09-08 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीय बढ्दै

वैशाख २१, सिन्धुली (रासस) | सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो ।

कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो परीक्षण गरेको थियो । जिल्लामा सञ्चालनमा रहेका पकेट ब्लक कार्यक्रमअन्तर्गत माटो परीक्षण गरिएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कृषिप्रसार अधिकृत विजय मण्डलले जानकारी दिनुभयो ।

सिन्धुलीको दूधौली नगरपालिकाको अरुण ठाकुर आमबोटे, हरिहरपुरगढी गाउँपालिकाको चैनपुर, क्यानेश्वरलगायतका स्थानमा माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । माटो परीक्षण गर्दा माटोमा अम्लियपना बढेको पाइएको उहाँको भनाइ छ । आम्बोटेमा १०६, अरुणठाकुरमा १२० र हरिहरपुरगढी गाउँपालिकामा ८५ वटा स्थानको खेतीयोग्य जमीनको माटो परीक्षण गरिएको थियो । 

परीक्षणमा माटो अम्लिय, नाइट्रोजन, फोसफोरस र पोटासको अवस्थाबारे बुझन पनि माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । ‘‘माटोमा नाइट्रोजन र फसफोरस कमी भएमा उत्पादन वृद्धि नहुने, पोटासको मात्रा कमी भएमा बालीको रोग प्रतिरोधात्मक क्षमता नहुने भएकाले यसकाबारे परीक्षण गरी किसानलाई जानकारी गराई माटोको उर्वरा शक्ति बढाउन माटो परीक्षण गरेका हौँ’’, उहाँले भन्नुभयो ।

माटो परीक्षणमा १४ पिएचमानसम्म परीक्षण हुने र ६.५ भन्दा कमी पिएचमान आएको माटोमा अम्लियपना हुने र ७.५ भन्दा बढी  पिएचमान आएमा उक्त माटोमा क्षारिय हुने कृषि प्रसार अधिकृत मण्डलको भनाइ छ । अम्लिय वा क्षारिय दुबै भएको माटोमा उब्जनी कमी हुने र तटस्थ माटोमा भने उब्जनी राम्रो हुने केन्द्रले जनाएको छ ।

माटो परीक्षण गर्दा महाभारत क्षेत्रको माटोमा अम्लिय नपाइएको र उत्पादनका हिसाबले पकेटक्षेत्र मानिएको दूधौली, कमलाखोच र मरिण क्षेत्रमा भने माटोमा अम्लिय भएको पाइएको छ । किसानले रासायनिक मलको बढी प्रयोग गर्नु तथा सन्तुलित मात्रामा प्रयोग नगर्नु नै माटोमा अम्लिय हुने मुख्य कारण रहेको भन्दै जथाभावि रासायनिक मलको प्रयोग नगर्न केन्द्रले किसानलाई आग्रह गरेको छ ।

माटो परीक्षण गर्न नसक्ने ग्रामीण क्षेत्रका किसानले माटोमा अम्लिय भएको शङ्का लागेमाप्रति कठ्ठा १० केजी कृषि चुन प्रयोग गर्नसक्ने केन्द्रले जनाएको छ । किसानले कृषिचुन प्रयोग गर्दा कृषि चुन छर्ने र जमीन जोत्नुपर्ने हुन्छ ।

 यसरी कृषि चुन प्रयोग गरी जोतेको जग्गामा एक महीनासम्म कुनै पनि बाली लगाउन नहुने कार्यालयले जनाएको छ । कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार/पाँच वर्षमा माटो परीक्षण गरी कृषि चुन प्रयोग गर्नुपर्ने केन्द्रको किसानलाई सल्लाह रहेको छ ।

नेपाल सरकारको सहयोगमा माटो परीक्षण गर्ने उपकरण कृषि ज्ञान केन्द्रमा आइसकेको भए पनि प्राविधिक नहुँदा किसानले माटो परीक्षण समयमा नै गर्न सकेका छैनन् । सङ्घीयता र कर्मचारी समायोजनले भएका प्राविधिक सरुवा भएर जाँदा प्रयोगशाला प्रभावित भएको छ । 

जिल्लाको महाभारत क्षेत्रमा अझै प्राङ्गारिक मलको प्रयोग गर्दै आए पनि अन्य स्थानमा प्राङ्गारिक मलको प्रयोग नभई रासायनिक मलको मात्र प्रयोग हुँदा माटोमा अम्लिय भएको भन्दै कृषि प्राविधिकको सल्लाहमा रासायनिक मलको प्रयोग गर्न केन्द्रले आग्रह गरेको छ । कृषि चुनको प्रयोगले पनि माटोमा अम्लिय नहटेमा माटो नै कटान गरी फाल्नुपर्ने कृषि प्राविधिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो