२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पाँच युवाले शुरु गरे सामूहिक तरकारी खेती

२०७६, २६ बैशाख बिहीबार १०:४४

वैशाख २६, बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् । आठ रोपनी जग्गा भाडामा लिएर चार युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् । उनीहरूले रु १० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा, काँक्रो, खुर्सानी, सागलगायत तरकारी रोपिएकोे युवा कृषक गणेश केसीले बताउनुभयो । “हामी अहिले फरक फरक क्षेत्रका क्रियाशील युवा मिलेर कृषिमा हात हालेका छौँँ, कृषिमा सम्भावना देखेरै लगानी गरेका हौँ, अहिले शुरुआती चरणमा छाँै, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ”,  उहाँले  भन्नुभयो । 

म्याग्दी खोलाको किनारमा रहेको जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएका युवाले गोलभँेडा खेतीका लागि चारवटा टनेल निर्माण गरिसकेका छन् । तरकारी खेतीमा हाइटेक प्रविधि उपयोग गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजनामा रहेको कृषक मनोज कार्कीले जानकारी दिनुभयो । तरकारी खेतीमा थोपा सिँचाइ र प्लाष्टिक छाप्रा बनाइएकोे छ । तरकारी खेतीसँगै माछापालन, फूलखेती, कुखुरापालनसमेत शुरु गर्ने तयारी गरिएको अर्का युवा कृषक जगत बानियाँले जानकारी दिनुभयो । कृषि प्राविधिकसमेत रहनुभएका बानियाँका अनुसार, भाडामा लिइएको जग्गालाई घेराबार गर्ने, माछापालन र कुखुरापालनका लागि पोखरी र खोर निर्माण गर्ने तयारी गरिएको छ । 

सो केन्द्रमा अहिले नियमित दुईदेखि चार जनाले रोजगारीको समेत अवसर पाएका छन् । सदरमुकाम बेनीदेखि नजिकै सञ्चालन गरिएको कृषि उत्पादन केन्द्रबाट उत्पादन हुने कृषिउपजलाई बजारीकरणको समस्या नरहेकाले युवाले शुरु गरेको खेती सफल हुने स्थानीय अगुवा क्याप्टेन मीनबहादुर कार्कीले बताउनुभयो । यस केन्द्रलाई कृषिउपज उत्पादनसँगै कृषक पाठशालाको रुपमा समेत विकास गर्ने योजना रहेको लगानीकर्ताहरूको भनाइ थियो । कृषि पेशामा युवाको आकर्षण बढाउनका लागि आफूहरुको कृषि उत्पादन केन्द्रलाई पाठशालाको रुपमा विकास गर्ने योजना वनाएको कृषक बानियाँले बताउनुभयो । उहाँले कृषि उत्पादन केन्द्रमा नयाँ अभ्यासका रुपमा मानवमूत्रलाई समेत मलको रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ