2026-10-20 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको टिप्पणी गरेकी छिन् । रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ छ ।

सांसद तामाङले आफूलाई धेरैले उल्लिबिल्लि लगाइरहेको गुनासो पनि गरिन् ।‘सोझो रुखलाई छानीछानी काटिन्छ भनेजस्तो सोझो तामाङको छोरीलाई धेरै उल्लिबिल्लि बनाइरहनुभएको छ,’ सांसद तामाङले भनिन्, ‘आशिका तामाङलाई बोल्न आउँदैन भनेर । त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु । तपाईंहरूसँग राम्रोसँग बोल्नका लागि ।’

उनले अहिले आफू जवाफ दिने ठाउँमा पुगेको र त्यो ठाउँ असहज भएको पनि बताइन् । ‘जवाफ दिने ठाउँमा आफैं छु । त्यसकै लागि हाम्रो दुई दिने क्लास एकदमै राम्रो भइरहेको छ । मलाई यही पीर थियो, मलाई यो देशमा प्रधानमन्त्री मात्रै नयाँ होइन,’ सांसद तामाङले भनिन्, ‘धेरै सांसद नयाँ हुनुहन्छ । मलाई कसले गाइड गर्छ भन्ने डर थियो । पार्टीले यो राम्रो वेरेन्टेशन क्लास राखेको छ । यो राम्रो भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ