४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति

१५ असार २०७६, आईतवार ०५:५५

असार १५, पोखरा | गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको हो । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गर्नुभएको थियो । उहाँले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताउनुभयो । व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उहाँले कृषकलाई आग्रह गर्नुभयो ।

 दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए । भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताउनुभयो । उहाँहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा